सनराइजको ब्याज आम्दानी बढे पनि खुद नाफा र प्रतिशेयर आम्दानीमा भने गिरावट

Advertisement

काठमाडौं । सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७४ करोड ५५ लाख रुपियाँ खुद नाफा गरेको छ । बैंकको सोमबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो मुनाफा गत बर्षको सोही अवधिभन्दा २१.४७ प्रतिशत कम हो । गत बर्ष बैंकले ९४ करोड ९४ लाख कमाई गरेको थियो । 

सनराइजको खुद नाफासँगै सञ्चालन मुनाफा पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढे पनि सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ । पुस मसान्तसम्ममा सनराइजको वितरणयोग्य मुनाफा १० करोड ११ लाख रुपियाँ रहेको छ।

Advertisement

बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपियाँ १ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी यस बर्ष सोही अवधिमा घटेर १४ रुपियाँ ७४ पैसामा झरेको छ।

समीक्षा अवधिसम्म सनराइजको चुक्ता पूँजी ६.६५ प्रतिशतले निक्षेप २१.४३ प्रतिशतले र कर्जा १९.८० प्रतिशतले बढेको छ भने जगेडा कोष ०.७८ प्रतिशतले घटेको छ। सो अवधिसम्म बैंकको मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपियाँ ७९ पैसा छ।

Advertisement

Advertisement