नेपाल बैंकको खुद नाफामा सामान्य वृद्धि भए पनि अन्य सुचक निराशाजनक

Advertisement

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एक अर्ब ४१ करोड ७० लाख रुपियाँ खुद नाफा कमाएको छ । बैंकको सोमबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत बर्षको सोही अवधिभन्दा ४.९३ प्रतिशतले बढी हो । गत बर्ष उक्त अवधिमा बैंकले एक अर्ब ३५ करोड नाफा गरेको थियो । 
 
नेपाल बैंकको नाफा बढे पनि सञ्चालन मुनाफा भने घटेको छ । बैंकको सञ्चालन मुनाफा २०.०८ प्रतिशतले बटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ। गएको पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३ लाख रुपियाँ रहेको छ।

बैंकको खुद नाफा बढे पनि प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस बर्ष प्रतिशेयर आम्दानी २१ रुपियाँ ३७ पैसाबाट घटेर १९ रुपियाँ ६७ पैसा कायम भएको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा र प्रतिशेयर नेटवर्थ २३८ रुपियाँ १२ पैसा रहेको छ।

Advertisement

समीक्षा अवधिसम्म नेपाल बैंकको चुक्ता पूँजी १४ प्रतिशत, निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढे पनि जगेडा कोष ३.३१ प्रतिशत घटेको छ । 

Advertisement

Advertisement