एनआईसी एशिया बैंकले घोषणा गरेको लाभांश राष्ट्र बैंकबाट अस्वीकृत

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकले आव २०७७/७८ का लागि घोषणा गरेको लाभांश रद्द गरेको छ । 

राष्ट्र बैंक सुपरीक्षण विभागबाट कन्जरभेशन बफर पर्याप्त नदेखिएको जनाउँदै आइतबार लाभांश घोषणा तथा वितरण सम्बन्धी प्रस्ताव अस्वीकृत भएको जानकारी प्राप्त गरेको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जनाएका छन् । 

Advertisement

बैंकको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको थियो । 

उक्त प्रस्ताव स्वीकृतिका लागि राष्ट्र बैंक पठाइएकोमा अस्वीकृत भएको जानकारी प्राप्त गरेको सीईओ रोशन न्यौपानेले उल्लेख गरेका छन् । 

Advertisement

Advertisement