एक अर्ब २६ करोड रुपियाँको आईपीओ निष्काशन हुँदै, सेबोनबाट छ कम्पनीले पाए अनुमति

Advertisement

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले विभिन्न छ कम्पनीलाई साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति दिएको छ । 

बोर्डबाट स्वीकृति पाएसँगै यी कम्पनीहरुले छिट्टै एक अर्ब २६ करोड ६२ लाख २९ हजार रुपियाँ बराबरको १ करोड २६ लाख ६२ हजार २ सय ९० कित्ता आईपीओ निष्काशन गर्ने भएका हुन् । यी कम्पनीको शेयर १२ लाख ६६ हजार २ सय २९ जनाले १०-१० कित्ताका दरले पाउने छन् । 

Advertisement

सेबोनले दुई हाइड्रो पावर, तीन लघुवित्त र एक इन्भेष्टमेन्ट कम्पनीलाई आइतबार सेबोनले आईपीओ निष्काशनको अनुमति दिएको हो । 

यसरी आईपीओ निष्काशनको अनुमति पाउनेमा बलेफी हाइड्रोपावर, ग्रीन भेञ्चर्स लिमिटेड, नेष्डो समृद्ध लघुवित्त, जालपा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाल लिमिटेड छन् । 

बलेफी हाइड्रोले ३६ लाख ५५ हजार ९ सय ४० कित्ता, ग्रीन भेञ्चरले ६२ लाख ५० हजार कित्ता, नेष्डोले ८ लाख २५ हजार कित्ता, जालपाले ५ लाख २२ हजार कित्ता, राष्ट्रउत्थानले ८ लाख ५० हजार कित्ता र इमर्जिङ नेपालले ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्काशनको अनुमति पाएका हुन् । 

यी कम्पनीले यसअघि नै क्रमशः ग्लोबल आइएमई, लक्ष्मी क्यापिटल, ग्लोबल आइएमई, प्रभु, एनआईबीएल एस र एनआईसी एशिया क्यापिटलाई बिक्री प्रबन्धन नियुक्त गरिसकेका छन् । 

Advertisement

Advertisement