राष्ट्र बैंकले १० अर्ब रुपियाँको विकास ऋणपत्र बिक्री गर्दै, कसले किन्न पाउँछन् ?

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले १० अर्ब रुपियाँ बराबरको २ वर्ष अवधिको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । 

विकास ऋणपत्र २०८० ‘ङ’ नाम दिइएको उक्त ऋणपत्र इच्छुक बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा अन्य नेपाली नागरिकले खरिद गर्न सक्ने छन् । 

Advertisement

उक्त ऋणपत्र खरिद गर्न चाहनेले माघ ११ गते अपरान्ह २ बजेभित्र बोलकबोल पेश गर्नु पर्नेछ । उक्त विकास ऋणपत्र माघ १२ गते निष्काशन हुने र २०८० माघ १२ गते साँवा भुक्तानी गर्नु पर्नेछ । ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।  

Advertisement

Advertisement