तल्लोवर्गका नागरिकको जीवनस्तर उकास्ने गरी लगानी गर्न गभर्नर अधिकारीको निर्देशन

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई तल्लोवर्गका नागरिकका जीवनस्तर उकास्ने गरी लगानी गर्न निर्देशन दिएका छन् । 

भर्चुअल माध्यमबाट आज सम्पन्न राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रममा गभर्नर अधिकारीले उक्त कुरा बताएका हुन् । 

Advertisement

सो अवसरमा गभर्नर अधिकारीले बैंकको समग्र स्थितिमा सुधारको लागि विगतमा आफुसमेत सहभागी भई कदमहरु चालिएकोले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधारभई उत्पादकत्व बढेको र पुनः आउनसक्ने चुनौतीको सामना गर्न बैंक तयार भइरहनुपर्ने बताए । 
 

Advertisement

Advertisement