सिटिजन लाइफद्वारा ‘सिटिजन खबर’ जर्नल प्रकाशित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नलको विमोचन गरेको छ । 

उक्त जर्नलमा बीमाको सचेतना तथा सु–समाचार सहित कम्पनीका बिगतका सम्झनाका साथै कम्पनीका व्यवसायिक उपलव्धिहरु, प्रगति विवरणहरु, विभिन्न क्रियाकलापहरु, साथै सिटिजन लिडर्सहरुको लेख पनि समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथ मणी खड्का, नायव महाप्रवन्धक दिपबहादुर बि.सी. साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालले संयुक्त रुपमा गरेका थिए । 

जर्नलको प्रिन्ट प्रतिलिपि कम्पनीको प्रमुख कार्यालय लगायत विभिन्न शाखा कार्यालयहरुमा उपलब्ध छ र डिजिटल प्रतिलिपी कम्पनीको वेबसाईटमा पनि उपलब्ध छ । साथै आउने दिनहरुमा पनि यस जर्नलको प्रकाशन जारी रख्ने कम्पनीले जनाएको छ ।  

हरेक परिस्थितिलाई अवसरको रुपमा लिदै आइरहेको यस कम्पनीले आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ । 

साथै जीवन बीमा सेवालाई सर्व सुलभ रुपमा हरेक नेपालीको पहुंचमा पुर्याइ उत्कृष्ट इन्स्योरेन्स कम्पनी बन्ने कम्पनीको यस यात्रामा सबैको साथ र खुशीका पलहरु सिर्जना गर्न सहयोगको अपेक्षा रहेको कम्पनीले जनाएको छ ।