गरिमा विकास बैंकले कमायो ४९ करोड २९ लाख रुपियाँ नाफा

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकले चालु आवको ६ महिनामा ४९ करोड २९ लाख रुपियाँ नााफा कमाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेसँगै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

गत अवको समीक्षा अवधिको तुलनामा बैंकको नाफा २५.२५ प्रतिशत बढी हो । बैंकले गत आवको समीक्षा अवधिमा ३९ करोड ३५ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब १७ करोड ५० लाख पुगेको र  खुद फि तथा कमिशन आम्दानी ४.४९ प्रतिशत बढेको छ । 

बैंकको प्रतिशेयर आम्दानी २४ रुपियाँ ९७ पैसा, प्रतिशेयर नेटवर्थ १५४ रुपियाँ १४ पैसा र मूल्य आम्दाउक्त वित्तीय विवरणमा उल्लेख छ । 

बैंकको हाल कायम चुक्ता पूँजी तीन अर्ब ९४ करोड ८१ लाख रुपियाँ रहेको छ भने जगेडा कोषमा दुई अर्ब १३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ ।

Advertisement

Advertisement