वाणिज्य बैंकहरुमा निक्षेप घट्योः कर्जा एक अर्बले बढ्दा निक्षेप ४३ खर्ब ११ अर्बमा खुम्चियो

Advertisement

काठमाडौँ । माघ महिना लागेपछि वाणिज्य बैंकहरुको कूल निक्षेप १३ अर्बले घटेरे ४३ खर्ब ११ अर्ब रुपियाँमा झरेको छ । नेपाल बैंकर्स संघले आज उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

पुस मसान्तसम्म भने वाणिज्य बैंकहरुमा कूल निक्षेप ४३ खर्ब २४ अर्ब रुपियाँ थियो । 

Advertisement

त्यसैगरी माघ महिना लागेपछि ७ गतेसम्म वाणिज्य बैंकहरुको कूल लगानी १ अर्ब रुपियाँले बढेर ४१ खर्ब ४४ अर्ब पुगेको छ । यस्तो लगानी पुस मसान्तसम्म भने ४१ खर्ब ४३ अर्ब थियो ।  

गत महिनामा भने वाणिज्य बैंकहरुको कूल निक्षेप८७ अर्ब रुपियाँले बढ्दा कूल कर्जा लगानी ५९ अर्ब रुपियाँले बढेको थियो । 

Advertisement

Advertisement