नेप्से ओरालो लागेसँगै घट्यो कारोबार, दुई कम्पनीमा भने पोजेटिभ सर्किट

Advertisement

काठमाडौँ । शेयर बजार लगातार घटिरहेको छ । साताको तेस्रो दिन आज बजार ५.९२ अंकले घटेको हो । ०.२१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८१४.७४ अंकमा झरेको छ । 

आज २२९ कम्पनीका ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७.०२ रुपियाँ बराबरको कारोबार भएको हो । 

Advertisement

आज वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल र बुद्धभूमिको शेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी पोखरा फाइनान्स, कालिका लघुवित्त र सामलिङ पावरको शेयर मूल्य ८.२५, ४.५२ र ४.०३ प्रतिशतले बढेको छ । 

त्यसैगरी आज कृषि विकास बैंक डिबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी ८.३४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज एशियन लाइफको उच्च कारोबार भएको छ । एशियनको २६ करोड ९४ लाख ५१ हजार ४ सय १७.७० रुपियाँ बराबरको कारोबार भएको हो । त्यस्तै टप फाइभ कारोबार हुनेमा अपि पावर, एनआइसी एशिया बैंक, नेपाल लाइफ र नेशनल पावर छन् ।

साताको पहिलो दिन १०.८३ अंकले बजार घट्दा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२.९७ रुपियाँ र हिजो दोस्रो दिन सोमबार १००.१० अंकले बजार घट्दा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो । 

Advertisement

Advertisement