महालक्ष्मी विकास बैंकले गर्यो बृक्षारोपण

Advertisement

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ६ तिनचुली ̵ आरुबारी सडक खण्डमा बृक्षारोपण गरेको छ । 

बैंकको तिनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोट स्पेशल क्लबको आयोजनामा बृक्षारोपण गरिएको हो । 

Advertisement

उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे । 

सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानीय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने कुराको जानकारी गराए । 

Advertisement

Advertisement