आज (माघ १२)को राशिफलः कस्तो रहला तपाईंको पेशा, व्यवसाय शेयर कारोबार ?

Advertisement

आज वि.सं. २०७८ साल माघ महिनाको १२ गते बुधबार, माघ कृष्णपक्षको नवमी तिथि । आज भन्सार दिवस रहेको छ । 

मेष 
पेशागत जीवनमा अपेक्षाकृत नभए पनि खराव पनि हुने छैन् । शेयर क्षेत्रबाट लाभ मिल्न कठिन हुने छ । साझेदारीमा गरिएका कामहरुमा असमझदारीको अवस्था आउने छ । व्यवसायमा लगानीको हिसावले हेर्दासमय संयमित रहनु पर्ने खालको छ । मनमा सुख सन्तोषको अभाव महशुस हुने छ । यात्रामा अवरोधको अवस्था आउने छ । 

Advertisement

वृष
पेशाप्रति सक्रिय रुपमा समर्पित हुन मन लाग्ने छ । शेयर बजारबाट लाभ  प्राप्त हुने छ । व्यावसायमा भने सोचे जस्तो प्रतिफल प्राप्त नहुँदा मनमा असन्तोष पैदा गराई दिने छ ।  मनोबल कमजोर बन्ने छ । जसबाट प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउने छ । बोलीमा मधुरता आउन नसक्दा बादबिबादको चुनौति देखिन्छ । 

मिथुन 
पेशागत जीवन मध्यम प्रकारको हुने छ । पदोन्नतिमा अवरोध आउने छ भने जिम्मेबारीमा हेरफेर हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई उत्पन्न हुने छ । शेयर बजारबाट आंशिक प्रतिफल प्राप्त हुने छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा असमझदारीको वातावरण देखा पर्ने छ । 

कर्कट
पेशागत जीवन औसत रहने छ । राजनीतिमा आवद्धहरुले बिबादको चक्रबाट गुज्रनु पर्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ । मनमा कुरा असाध्यै खेल्ने हुँदा निर्णय क्षमतामा पनि निकै कठिनाई सामना गर्नु पर्ने छ । आत्मविश्वासी व्यक्तित्व कायम रहने भएकाले आत्तिने अवस्था भने आउने छैन् । आम्दानी औसत खालको कायम रहने छ । 

सिंह
पेशागत जीवनमा कदर प्राप्त हुने र थप जिम्मेबारी प्राप्त हुने छ । शेयर बजारमा धेरै जोखिम लिने भन्दा ठिक्क गति मात्र लिनु बुद्धिमानी ठहरिने छ । बोलीको प्रभाव हुने हुँदा ठुला बडाको विश्वास आर्जन गर्न सकिने छ । नरम खालको व्यक्तित्व हुने भएकाले सबैसँग मिलनसार स्वाभाव हुने छ । अरुबाट पनि माया ममता प्राप्त हुने छ । 

कन्या
पेशागत जीवनमा कठिनाई र आरोप प्रत्यारोपको अवस्था सामना गर्नु पर्ने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छैन् । आर्थिक नोक्सानी हुने अवस्था देखिएकाले धैर्य भएर निर्णयहरु लिनु होला । भाग्यको साथ नभएकाले जोखिपूर्ण कदमहरु अघि बढाउँदा धैर्यता नगुमाउनु होला । परिवारका सदस्यहरु बीच बिबाद र समस्या आउने भएकाले अशान्ति मच्चिने छ ।

तुला
पेशागत जीवनमा नसोचिएका समस्याहरु देखा पर्ने देखिन्छ । सहकर्मीहरुलाई ठिक्क मात्रामा मात्र विश्वास गर्नु होला । मनको आन्तरिक गुह्य कुरा अरुलाई नभन्नु नै उचित हुने देखिन्छ । शेयर बजारबाट लाभ हुन निकै कठिन हुने छ । भाग्यहिनताका कारण कार्यसफलताको मात्रा कम हुने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले अन्योलताका क्रम एकपछि अर्काे गरि आउने छ । मनमा सकारात्मक भन्दा नकारात्मक विचार बढि आउँदा मलिन अनुहार अरुले महशुस गर्ने छन् । 

वृश्चिक
पेशागत जीवन सफल बन्ने छ । व्यावसायबाट पनि लाभ प्राप्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा पनि नाफा र सकारात्मक नतिजाहरु आउने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । आफु आवद्ध रहेको कार्यालयका उच्च पदस्थ व्यक्तित्वहरुबाट कामको कदर हुने छ । दाम्पत्य जीवनमा मधुरता कायम हुने छ । अस्पतालजन्य खर्च भने बढ्ने चुनौति देखिन्छ । 

धनु 
पेशागत जीवनमा धेरै महत्वाकांक्षी कदम भन्दा संयमित भएर कदम चाल्नु पर्ने देखिन्छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउँदा यसअघि आफैले गरि आएका कामहरु जस्तै काम पनि अघि बढाउन मनमा शंका उत्पन्न हुने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा पनि गिरावट आउँदा कार्य क्षमतामा ह्रास ल्याई दिने छ । 
मकर 
पेशागत क्षेत्र औसत प्रकृतिको रहने भए तापनि अपजसको सामना भने गर्नु पर्ने छ । प्रशासनिक र न्यायिक क्षेत्रबाट आरोप र मुद्धा मामिला खेप्नु पर्ने चुनौति देखिन्छ । शेयर क्षेत्र चुनौतिले भरिएको रहने छ । विदेश यात्राका लागि पैसा डुब्ने चुनौति देखिएकाले विचार गरेर मात्र रकम आदान प्रदान गर्नु होला । बोलीमा रुखोपना देखिने हुँदा राम्रै भन्न खोजे पनि त्यसको अनर्थ हुने हुँदा बादबिबादको क्रम आउने चुनौति देखिन्छ । सपना नराम्रो देखिन जाने छ । 

कुम्भ 
पेशागत जीवनमा पनि विभिन्न आरोप प्रत्यारोपको अवस्था आउने भएकाले जोगिएर मात्र कार्यहरु गर्नु पर्ने देखिन्छ । समय धेरै जोखिमपूर्ण कदम भन्दा संयमित भएर अघि बढ्नु पर्ने खालको छ । शेयर बजारबाट भने लाभ नै मिल्ने छ । बोलीमा नियन्त्रण राख्ने प्रयास गर्नु होला । प्रेममा धोकाको अवस्था आउने चुनौति देखिन्छ । पैतृक सम्पत्ति र घर घडेरी जस्ता स्थुल सम्पत्तिका विषयमा द्वन्दको अवस्था आउने छ । 

मीन
पेशागत जीवन समस्याबाट गुज्रन पुग्ने छ । विशेषगरी आफु भन्दा माथिको ओहोदामा रहेकाहरुसँग द्वन्दको अवस्था निम्तिने छ । पेशागत जीवनमा कम भन्दा कम बोल्ने गर्नु नै उचित हुने देखिन्छ ।  साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद चर्किन जाने छ । शेयर बजारमा भने नोक्सानी हुने छैन् तर फाइदा पनि धेरै हुने छैन् । जीवनसाथिको साथ मिल्ने हुँदा राहत मिल्ने छ । विश्वास गरेका मित्रहरुबाट नै धोकाको चुनौति रहेकाले अड्कलेर मात्र आफ्ना कुरा भन्ने गर्नु होला ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement