सहारा एप र ग्रीनसिटी अस्पतालबीच सम्झौता

Advertisement

काठमाडौं । राइड सेयरिङ एप सहाराले कोरोना महामारी फैलिएसँगै यात्रु र राइडरका लागि अस्पताल खर्चमा छुटको व्यवस्था ल्याएको छ । सहाराले ग्रीनसिटी अस्पतालसँग राइडर तथा यात्रुका लागि उपचार खर्चमा छुटको व्यवस्थासहित ५ बुँदे सम्झौता गरेको हो । 

एक कार्यक्रमबीच सहारा एपको तर्फबाट अध्यक्ष शेखर श्रेष्ठ र ग्रीनसिटी अस्पतालको तर्फबाट मार्केटिङ डाइरेक्टर श्रीकृष्ण बिडारीले उपचार खर्चमा छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भएकै दिनदेखि सहाराका पार्टनर तथा यात्रुहरूको उपचार खर्चमा छुट शुरू भएको ग्रीनसिटी अस्पतालका मार्केटिङ डिरेक्टर बिडारीले बताए ।

Advertisement

सहारा एप डाउनलोड गरी रजिष्टर गरेको देखाएपछि यात्रु र चालक दुवैले सो अस्पतालबाट उपचार खर्चमा छुट पाउने छन् । यात्रु र सहारा पार्टनर दुवैको राइट सुनिश्चित र सुरक्षित बनाउने उद्देश्यका साथ सहाराले ग्रीनसिटी अस्पतालसँग एक वर्षका लागि उपचार खर्चमा छुट सम्झौता गरेको कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । साथै, राइडर र यात्रु दुबैलाई स्वास्थ्य उपचार खर्चमा छुटको सेवा लिन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।

सहारासँग सम्बन्धित सहारा पार्टनर, यात्रु, राइडरलगायत सम्पूर्णलाई सुविधा दिने मनसायले ग्रीनसिटी अस्पतालसँग सम्झौता भएको हो । ‘हामी प्राइभेट कम्पनीले पनि सामाजिक दायित्व वहन गर्नु पर्छ र हामीसँग सम्बन्धित जति पनि सेवाहरु छन्, तिनीहरुलाई सामाजिक सहयोगको रुपमा सहयोग गर्नु पर्छ भन्ने लागेर पहिलो चरणमा ग्रिनसिटी अस्पतालसँग सहकार्य गरेको हो’, श्रेष्ठले भने । र, ग्रीनसिटी अस्पतालसँग अरु सुविधाहरु पनि थप्दै लैजाने उनले जानकारी गराए । 

त्यसैगरी, उनले सहाराले आफ्ना पार्टनरहरूबाट कुनै किसिमको कमिशन नलिएको जानकारी दिए । नेपालमा विभिन्न कम्पनीका राइडरहरूले कम्पनीलाई २० प्रतिशतसम्म कमिशन बुझाउनु परिरहेको अवस्थालाई ध्यानमा राखेर यात्रुलाई गन्तव्यमा पुराउँदा संकलन हुने सबै रकम राइडरलाई दिने उद्धेश्यले यस्तो व्यवस्था गरिएको श्रेष्ठले बताए । उनका अनुसार यो व्यवस्था १ वर्षसम्मका लागि लागू हुनेछ । 

सहारा एप र ग्रीनसिटी अस्पतालबीच भएको सम्झौता अनुसार सहारासँग सम्बन्धित राइडर, पाटनर र यात्रुहरुलाई ग्रीनसिटी अस्पतालमा उपचार खर्चमा छुट पाइने ग्रीनसिटी अस्पतालका मार्केटिङ डिरेक्टर बिडारले बताए । त्यस्तै, अस्पतालको बेड खर्चमा १५ प्रतिशत, प्राइभेट क्याबिनमा १० प्रतिशत, आइसीयू बेर्डमा ७ प्रतिशत, ल्याप चार्जमा १० प्रतिशत, रेडियोलजीमा १० प्रतिशत, सर्जरीमा १० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट दिने तयारीका साथ सम्झौता भएको छ । ग्रीनसिटी अस्पतालले सक्दो सेवा सुविधाहरु दिने र त्यसमा केही असहज भएमा सम्पर्क गर्न ग्रीनसिटी अस्पतालका मार्केटिङ डिरेक्टर बिडारले जानकारी गराएका छन् । 

एप प्रयोगकर्ता बढिरहेकाले दैनिक एक हजारदेखि लिएर १५ सयको दरले राइडरहरूको संख्या थपिरहेको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए। एक लाखभन्दा बढी प्रयोगकर्ता रहेको सहारा एपमा झण्डै १५ हजारभन्दा बढी पार्टनरहरू आबद्ध छन् । सहाराले राइडर तथा यात्रुहरूलाई सजिलो र सस्तो मूल्यमा सेवा उपलब्ध गराउनुका साथै समय समयमा विभिन्न किसिमका अफरहरू समेत सञ्चालन गर्दै आइरहेको श्रेष्ठले बताए ।

Advertisement

Advertisement