बजाजको नयाँ सर्भिस सेन्टर अब गुसिङगाल कुपण्डोलमा

Advertisement

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले कुपण्डोलको गुसिङगालमा सम्पूर्ण सुविधा सम्पन्न नयाँ सर्भिसिङ सेन्टर ‘गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर’ खोलेको छ ।

नेपालमा सबभैन्दा अधिक ब्रिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यलेगुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ ।

Advertisement

मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी गारिएको छ । एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि छ ।

बजाज ग्राहकहरुले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न सधैंँ प्रतिबद्ध रहेको छ । नयाँ सर्भिसिङ सेन्टरले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस्तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट बजाजलाई आफ्नो बिव्रmीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहको छ ।

नयाँ सर्भिस सेन्टर शुभारम्भ गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका जनरल म्यानेजर श्री योगेन गुरुङले भने, ‘हामी कुपण्डोलमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रसन्न छौं । हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । हामीले आशा गरेका छौँ कि यो नयाँ सर्भिसिङ सेन्टरसँगैयसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव लिने अवसर प्राप्त गर्ने छन् ।’

Advertisement

Advertisement