धौलागिरी लघुवित्तले ३ लाख कित्ता आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  

बागलुङ नगरपालिका२ स्थित उक्त संस्थाको ३,००,००० कित्ता आईपीओ निष्काशनका लागि सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको हो ।

Advertisement

उक्त कार्यको लागि लघुवित्त वित्तीय संस्थाको तर्फवाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सन्राइज क्यापिटल लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठकाबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

धौलागिरी लघुवित्तले राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५ फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको छ । 

यस वित्तीय संस्थाले बिस २०७८ पुस मसान्तसम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । सोही अबधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ  रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।

कम्पनीको हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पूँजी कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७/७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुस मसान्तसम्म आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ । 

आर्थिक बर्ष २०७७/७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु. ५०.१२ भन्दा बढि कायम गरेकोमा पुस मसान्तसम्ममा आईपुग्दा रु. ६१.४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बोहराले जानकारी दिए । 
 

Advertisement

Advertisement