सर्वाेत्तम सिमेन्टको एजीएमबाट ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

Advertisement

काठमाडौँ । सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वार्षिक साधारण सभा गत मंगलबार सम्पन्न भएको छ । 

उक्त साधारण सभाले बुक विल्डिङ विधिवाट ६०,००,००० कित्ता साधारण शेयर (आईपीओ)  निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

Advertisement

त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिका स्थित कान्द्रांगगढी चुनढुंगा भण्डारणको उत्खनन कार्यका लागि १५ करोड १ लाख रुपियाँमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरिएको छ ।

लेखा परिक्षकको प्रतिवेदन सहितको आव २०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गरियो ।  आव २०७७/२०७८ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

Advertisement

Advertisement