सरकारको कर प्रणाली देखेर उर्जाशील युवाहरु उद्योग व्यवसायमा आउनै खोज्दैनन्ः व्यवसायी

Advertisement

काठमाडौं । विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न व्यवसायीले सरकारसँग माग गरेका छन् ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार निजी क्षेत्रका प्रमुख तीन प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिले विदेशबाट आयात हुने वस्तुको कारोबार मूल्यको आधारमा भन्सार मूल्याङ्कन गर्न सरकारसँग माग गरेका हुन् ।

Advertisement

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले आयातित बस्तुको भन्सार मूल्याङ्कन कारोबार मूल्यको आधारमा गर्नुपर्ने बताए । उनले अहिले पनि भन्सारमा मूल्य पुस्तिकाका आधारमा वस्तुको मूल्याङ्कन गरिन्छ, त्यो विश्व व्यापार संगठनसँगको सम्झौता विपरित हो भन्दै कारोबार मूल्यका आधारमा मूल्यांकन हुनुपर्ने बताए ।

यो समस्या सरकारले तत्काल  समाधान नगरे भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्र संकटमा पर्ने अग्रवालको भनाई  थियो । उनले भने, ‘भन्सारका सबै काम डिजिटल हँुदा व्यवसायी सबै खुसी छन् । तर, भन्सारका काम जसरी नयाँ प्रविधिसँग जोडेर काम भइरहेको छ । तर ,उद्योगी , व्यवसायीहरुको महत्वपूर्ण क्षेत्र भन्सारको मूल्याङ्नमा परिर्वतन भएको छैन् । भन्सार मूल्याङ्न गर्दा जुन मूल्य पुस्तिका प्रयोग गरिरहेका छौँ यसले भन्सारमा मात्रै नभएर समग्र अर्थतन्त्रमा विकृति ल्याएको छ ।’

सरकारले यो विषयमा महत्व दिएर परिर्वतन गर्नुपर्ने उनको भनाई थियो । अग्रवालले भन्सारमा अहिले भएको मूल्य पुस्तिका कार्यान्वयन विश्व व्यापार संगठनसँग भएको सम्झौताको उल्लघन हो भन्दै थपे, ‘आयात भएको सामानको मूल्य पुस्तिकाको भन्दा कम मूल्य भएमा व्यवसायीहरुले जरिवान दिर्नुपर्ने हुन्छ । यसरी आयात गरेको समानको मूल्य भन्सारको मूल्य पुस्तिकामा भएको मूल्यभन्दा बढी हुँदा र कम दुबै हुँदा समस्या रहेको छ । यसले समग्र अर्थतन्त्र र रेमिटेन्समा समेत प्रभाव पारेको छ ।’

उनले भन्सारका यस्ता समस्या सबैलाई थाहा रहेको बताउँदै सरकारले यो भन्सार मूल्याङ्कन कसरी सहज गर्न सकिन्छ भनेर सोच्नुपर्ने बताए । सरकारको यस्तो नीतिको कारणले पनि नयाँ उर्जाशील युवाहरु उद्योग व्यवसायमा आउन नखोजेको अग्रवालको भनाई छ । भन्सारको यस्तो मूल्याङकनले नेपालमा उत्पादन भएको बस्तुको मूल्य पाउन नसक्ने उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यसायी स्थानीय निकायले लगाउने फरक फरक करले समेत समस्यामा परेको बताए । उनले पहिला एक रुपियाँ कर लाग्ने ठाउँमा १० रुपियाँको दोब्बरले बढेको बताउँदै उनले स्थानीय तहले सम्पति करको नाममा उद्योग तथा व्यवसायलाई कर लगाउनु गलत भएको बताए ।

श्रेष्ठले भन्सार भनेको राजश्वको शुरुवात मात्रै नभएर जनताको सुरक्षाको उद्गम विन्दु पनि भएको बताए । उनले सरकारले भन्सारमा अन्तर्राष्ट्रिय स्तरको प्रयोगशाला स्थापना गर्नुपर्ने बताए । यस्तो प्रयोगशाला नहुँदा अहिले चीन र भारतमा नेपालको निर्यात शून्य जस्तै भएको श्रेष्ठको भनाई छ ।

पछिल्लो समय शतप्रतिशत मार्जिनको कारण भन्सारमा रोकिएका सामानका गाडी सरकारले तत्काल भन्सार पास गर्नु पर्ने उनले बताए । श्रेष्ठले भने ‘स्थानीय निकायहरुबाट पनि उद्योगी व्यवसायीहरु शोषित भएका छन् । एक रुपियाँ कर लाग्ने ठाउँमा अहिले १० रुपियाँको दोब्बर बढाएको अवस्था छ । सम्पति करको नाममा उद्योग व्यवसायलाई कर लगाएको अवस्था  छ । साना व्यवसायीहरुलाई सडक पारीको नगरपालिकाले एक हजार रुपियाँ दर्ता शुल्क लिने गरेको छ भने पारीको नगरपालिकाले पाँच हजार दखि १० हजार रुपियाँसम्म दर्ता शुल्क लिएको छ । यसरी स्थानीय तहको फरकफरक करका दरको कारण पनि व्यवसायी पीडित रहेका छन । यो विषयमा सरकारले तत्काल छानविन गरेर व्यवसायीको समस्या समाधान गर्नु पर्ने दखिन्छ ।’

भन्सार भनेको राजश्वको शुरुवात मात्रै होइन्, जनताको सुरक्षाको उद्गम विन्दुको रुपमा शुरुवात हुने विन्दु पनि हो भन्दै उनले दुई वर्षदेखि कोरोनाको कारण चीनमा निर्यात बन्द रहेको तर आयात भइरहेको बताए ।

श्रेष्ठले भने, ‘चीनलाई नेपालबाट सामान लिँदा कोरोना लाग्ने तर नेपाललाई कोरोना नलाग्ने यो विषयमा सरकार गम्भीर हुनुपर्छ । राष्ट्र बैंकले जारी गरेको सामान आयात गर्न सतप्रतिशत मार्जिनको राख्नु पर्ने व्यवस्थाले २ भन्दा बढी गाडी भन्सारमा रोकिएर बसेका छन् । कुनै व्यवसायीले क्यास पैसा तिरेर सामान आयात गरेको छ भने भन्सारमा रोकिएका गाडी भन्सारले छाड्न आग्रह गछौँ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले भन्सार कार्यालयहरुमा आधुनिकीकरणसँगै पूर्वाधारको विकास पनि गर्नुपर्ने बताए ।  । उनले अहिले बढ्दै गएको मुलुकको व्यापार घाटा कम गर्न सरकारले निर्यात प्रर्वद्धन गर्नुपर्ने बताए ।

मल्लले सरकारले भन्सारमा सरकारले आयात भएको बस्तुको कारोबार मूल्यलाई मान्यता दिनुपर्ने बताउँदै भन्सारमा मूल्य पुस्तिका पल्टाएर व्यवसायीलाई दुःख दिँदा अर्थतन्त्रमा संकट आउन सक्ने बताए ।

उनले भने, ‘जसरी भन्सारमा डिजिटल भुक्तानी कारोबारको शुरुवात भएको छ त्यसरी नै भन्सारमा व्यापार सहजीकरणको लागि छिटै मुख्यमुख्य भन्सार कार्यालयहरुमा पूर्वाधारको पनि विकास गर्नु पर्छ । आयात गरी रहँदा मुलुकले व्यापार घाटा हुँदै गएको छ । त्यसैले अब निर्यात कसरी प्रर्वद्धन गर्ने ? मुलुकलाई कसरी आत्मनिर्भर बनाउने ? भन्ने कुरामा सरकारले पहल गर्नु पर्छ ।’

भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याप राख्नुर्छ भन्दै उनले जसले गर्दा नेपालको सामान निर्यात गर्दा अन्य देशले क्वारेन्टाइन ठिक छैन भन्ने कुरा नहोस् भने । मल्लले भने, ‘हामीले आयात गर्दा पनि के पायो त्यही आयात गर्नु हुँदैन ? हामीलाई पनि यति लेवलको सामान चाहिन्छ भनेर मात्रै आयात गर्नु दिनुपर्छ । भन्सारमा कारोबार मूल्यलाई सरकारले मान्यता दिनुपर्छ । भन्सारमा मूल्य पुस्तिका पल्टाएर उद्योगी व्यवसायीलाई दुःख दिनु भएन । यस्तो भएमा भोलीको दिनमा वस्तुको लागत बढेर मुलुकमा अर्थिक संकट बढ्न सक्छ ।’

Advertisement

Advertisement