आज (माघ १३)को राशिफलः तपाईंको शेयर कारोबार, पेशा, व्यवसाय कस्तो रहला ?

आज वि.सं. २०७८ साल माघ महिनाको १३ गते बिहीबार, माघ कृष्णपक्षको दशमी तिथि । 

मेष 
व्यक्तित्व चलाख खाले हुने छ । तर यो गरौँ कि त्यो गरौँ भन्ने लागि रहने हुँदा निर्णय क्षमतामा भने कमि कायम रहने छ । मनमा दुविधाका क्रम रही रहने छ । रिस कडा देखा पर्ने भएकाले सावधान रहनु होला । व्यवस्थापकीय क्षमतामा निखारता आउने छ । शेयर क्षेत्र फलदायी रहने छ । 

वृष
आम्दानीमा सकारात्मक बृद्धि हुने छ । बोलीको प्रभावमा औसतमा बृद्धि हुने छ । बेलाबेला अनावश्यक रुपमा बोलीमा देखिने कडापनले हुन खोजेका कामलाई पनि अवरोध पार्ने छ । मनोमलमा कमि आउने छ । सुख सुविधाका साधन प्रयोग गर्ने विषयमा अबरोहरु आउने छन् । शेयर बजार औसत रहने छ । 

मिथुन 
बोलीमा नरमपना देखा पर्ने छ । कुलदेवताको आशिर्वादको कमि हुने छ । मनोबलमा गिरावट आउने छ । दृढताको अभावमा निर्णय नै गर्न नसक्ने खालको दुविधात्मक अवस्थामा पुर्याउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्न जाने छ । पैतृक सम्पत्तिको क्षेत्रमा नोक्सानी व्योहर्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

कर्कट
दृढ खालको व्यक्तित्व हुने छ । भाग्यको साथ नभएकाले आँटेका कामहरुमा अबरोधका श्रृङ्खला धेरै देखिने छ । आम्दानीमा भने सकारात्मक बृद्धि हुने छ । मित्रहरुसँगको सम्बन्धहरुमा चिसोपना आउने छ । पारीवारिक जीवनमा कलह चर्कने छ । पेशागत जीवन औसत खालको हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

सिंह
बोलीमा नरमपना आउने तथा व्यक्तित्व पनि नरम र सबैसँग मिल्ने खालेको बन्ने छ । भाग्यको साथ रहेकाले उन्नति प्रगतिका चरण प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने समस्या देखा पर्न जाने भएकाले यसबारेमा सतर्क रहनु होला । आम्दानीमा अपेक्षा गरेको जस्तो प्रतिफल भने हुन सक्ने छैन् । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कन्या
आत्मबलको दृढताले गर्दा कठिनाईसँग जुध्ने र पार पाउने तागत प्राप्त हुने छ । आफ्नो लक्ष्यप्रति प्रतिवद्ध रहने व्यक्तित्व हुने छ । पेशागत जीवनमा उन्नति हुने छ । व्यवस्थापकीय क्षमतामा पनि बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा भने समस्याहरु देखा पर्ने छन् । सपना नराम्रा खालका देखिने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । 

तुला
मनमा दुविधाले असाध्यै सताउने छ । फ्रेस नभएको जस्तो आभाष भइरहने छ । भाग्यको साथ नरहेकाले कमजोर मनोवल भएको व्यक्तित्व बन्ने छ । आफूले आफैप्रति विश्वास नलागे जस्तो हुने छ । लद्युताभाषको तिब्रताले सताउने छ । साझेदारीमा गरिएका काममा नोक्सानी व्योहर्नु पर्ने छ । शेयर बजारबाट लाभ हुन सक्ने छैन् । 

वृश्चिक
पेशागत जीवनमा विभिन्न समस्याहरु देखा पर्दा पारीवारिक जीवनमा समेत तनावको अवस्था ल्याइदिने छ । व्यवस्थापकीय क्षमतामा गिरावट देखिने छ । वाणिज्य, व्यवस्थापन, बोली प्रधान पेशा, शिक्षा क्षेत्र, शिक्षण, अध्यापन आदीमा संलग्नहरुलाई समय प्रतिकुल देखिएको छ । शेयर बजार मध्यम खालको हुने छ । 

धनु 
मनमा दृढता बढ्ने छ । दृढ खालको व्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । रिसको मात्रा भने कडा खालको हुने भएकाले यसमा ध्यान दिनु होला । साझेदारीमा गरिएका कामहरुमा चुनौतिहरु आउने छन् । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अप्ठ्यारोमा पनि दृढ खालको रहि रहने छ । आम्दानीमा कमि देखिन जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

मकर 
शारीरिक रोग व्याधीको चुनौति रहने भएकाले सतर्क रहने छ । आम्दानी बृद्धि गर्नु पर्दछ भन्ने मनमा लागे तापनि यथार्थ व्यवहारमा आम्दानी बृद्धि हुन सक्ने छैन् । आलश्यताले सताउने छ । पारीवारिक साथले गर्दा असजिलो परिस्थितिमा संहालिन मद्धत पुग्ने भएकाले परिवारको साथसहित अघि बढ्नु होला । शेयर क्षेत्रबाट आशातित लाभ मिल्ने छैन् ।

कुम्भ 
मनमा निराश भावहरु रहि रहने भए पनि त्यसलाई चिर्न दृढता पनि आउने छ । आफ्नो व्यवहारिक अवस्था प्रति बुझाइ बढेर जाने छ । तर अन्तरमुखी स्वाभाव रहने छ । नयाँ नयाँ काम गर्नका लागि अवसरका सृजनाहरु आउने छन् । आम्दानी औसत रहने छ । नयाँ सवारीसाधनको विषयमा निर्णय लिनु पर्ने हुन जाने छ । शेयर बजार अनुकुल बन्न सक्दैन् । 

मीन
पेशागत जीवनमा स्थिरता आउने छ । बौद्धिकतामा वृद्धि हुन जाने छ तर प्रतिष्पर्धात्मक क्षमतामा भने कमि आउने छ । तछाड मछाडको अवस्था भन्दा आध्यात्मिक शान्तिको खोजी मनमा आउने छ । पारीवारिक जीवनमा शान्ति छाउने छ । यात्रामा कठिनाई उत्पन्न हुने छ । शेयर बजारबाट झिनो लाभ मिल्ने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)