मेगा क्यापिटलले शुरु गर्यो प्रमोटर शेयर खरिद-बिक्री सहजीकरण सेवा

Advertisement

काठमाडौँ । मेगा क्यापिटल मार्केट्सले नेप्सेमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघु वित्त, जलविदुत तथा उत्पादनमूलक कम्पनीहरुको संस्थापक  शेयरहरु खरिद-विक्रीका लागि सहजीकरण सेवाको प्रारम्भ गरेको छ । 

यसका लागि इच्छुक लगानीकर्ताले घरैमा बसी  मेगा क्यापिटल मार्केट्स लिमिटेडमा फोन नम्वर ९८५१०६७५७८ वा इमेल वा फेसबुक म्यासेन्जर मार्फत् म्यासेज पठाउन सकिने छ । 

Advertisement

धेरै लगानीकर्ताहरुले  प्रमोटर सेयर (संस्थापक सेयर) साधारण सेयर जस्तो दोस्रो बजारमा सजिलै बिक्री गर्न असमर्थता र असहजताले शेयर सम्पत्ति बन्धक भएका र आवश्यकता अनुसार बिक्री गरेर आर्थिक आवश्यकता पुरा गर्न नसकेका बिक्रेता र लगानीको अवसर खोजिरहेका अन्य लगानीकर्ताहरु बीच किनबेच र शेयर हस्तान्तरणमा सहजीकरण गर्न उक्त नयाँ सेवा शुरु गरिएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement