काठमाडौं । एनआईसी एशियाका दर्जनौं बचत खाताहरुमध्ये सर्वश्रेष्ठ बचत खातामा ग्राहकलाई दुई दर्जन फाइदा हुने सो बैंकले जनाएको छ ।
नयाँ र पूराना गरी सबैभन्दा धेरै बचत खाताहरुमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको एनआईसी एशियाको सर्वश्रेष्ठ बचत बचत खातामा विभिन्न आकर्षक सुविधाहरु प्रदान गरिएको छ ।
के–के छन् फाइदा ?
बैंकले आफ्नो २४औं बार्षिकोत्सवको अवसरमा ल्याएको यस खातामा बीमा सम्बन्धी तीन वटा, कर्जा सम्बन्धी तीन वटा र थप अन्य १८ वटा फाइदा उपलब्ध गराएको छ । सर्वश्रेष्ठ बचत खातामा सर्वाधिक ब्याजदरका साथमा १० लाख रुपियाँसम्मको १८ वटा विभिन्न घातक रोगको बीमा, १० लाख रुपियाँसम्मको दुर्घटना बीमा र एक लाख रुपियाँसम्मको औषधि उपचार बीमा सुविधा छ ।
यस्तै, यो खाता खोल्ने ग्राहकलाई ओपीडीमा मात्रै २० हजार रुपियाँको बीमा उपलब्ध छ जुन बैंकिङ क्षेत्रमै आकर्षण सुविधा हो ।