चारदिन पछि शेयर बजारमा झिनो सुधार, कारोबार भने ह्वात्तै घट्यो

Advertisement

काठमाडौँ । चार दिन लगातार घटेको शेयर बजार साताको अन्तिम दिन आज भने झिनो अंकले बढेको छ । नेप्से उकालो लागेको भएपनि कारोबार रकम भने सवा ३ अर्बमै समेटिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२९ अंकले बढेको हो । ०.१२ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७७९.९३ अंकमा उक्लिएको छ ।

Advertisement

आज २२४ कम्पनीका ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४.०३ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार बढेको दिन हाइड्रो, वित्त, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूह बढेका छन् भने बाँकी समूह राताम्मे भए । 

बजारमा झिनो सुधार देखिएको दिन दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । आज वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । सीईडीबी हाइड्रो ८.७२, अजोड इन्स्योरेन्स ७.२८ र एनआरएन एन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य ७.१६ प्रतिशतले बढेको हो । 

त्यसैगरी आज सबैभन्दा बढी सप्तकोशी डेभलपमेन्ट बैंकका शेयरधनीले ४.१४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नेशनल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । नेशनलको २० करोड २ लाख ६ सय ९७ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । नेशनलले आजमात्रै शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । 

साताको चार दिन निरन्तर बजार ओरालो झर्दा नेप्से १५५.३० अंक तल झरेको थियो ।  

यस्तो रह्यो यो साता
साताको पहिलो दिन १०.८३ अंकले बजार घट्दा ७ अर्ब ३ करोड ५ लाख ८ हजार २ सय ६२९७ रुपियाँ, दोस्रो दिन सोमबार १००.१० अंकले बजार घट्दा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७.५७ रुपियाँ, मंगलबार ५.९२ अंकले बजार घट्दा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७.०२ रुपियाँ र बुधबार ३८.४५ अंकले बजार घट्दा ४ अर्ब ३१ करोड ३१ लख ५४ हजार ४२.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

साताको अन्तिम दिन आज बिहीबार ३.२९ अंकले बजार बढ्दा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४।०३ रुपियाँ बराबरको कारोबार भएको हो । 

गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो ।  


 

Advertisement

Advertisement