एमसीसी सम्झौतासम्बन्धी कुनै पनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज छैन्ः एमसीए नेपाल

Advertisement

काठमाडौँ । अमेरिका संस्था मिलेनियम च्यालेन्ज  कर्पोरेशन (एमसीसी)को नेपाल कार्यालय ‘एमसीए नेपाल’ले एमसीसी सम्झौतासम्बन्धी कुनै पनि ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेज नरहेको बताएको छ । उक्त कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी त्यस्तो दावी गरेको हो । 

एमसीसी कम्प्याक्टसम्बन्धी ‘गोप्य’ वा ‘लुकाइएका’ दस्तावेजहरू प्राप्त भएको अर्थ लाग्ने भनाई हालै विभिन्न सञ्चारमाध्यममा देखिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै एमसीए नेपालले आफू हदैसम्म पारदर्शिता अपनाउने 
 संस्था भएको र यससंस्थाले सावर्जनिक महत्वका सम्पूर्ण दस्तावेजहरू आफ्नो वेबसाइट तथा अन्य माध्यमबाट सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्दै आएको बताएको छ । 

Advertisement

एमसिए–नेपाल नेपाल सरकारको जिम्मेवार निकाय भएको र एमसीसी कम्प्याक्ट नेपालको आर्थिक हितका लागि नेपाल सरकारबाट कार्यान्वयन गर्न लागिएको सम्झौता भएकोले यससम्बन्धी कुनै पनि दस्तावेज गोप्य राखिनु वा लुकाउनु एमसिए–नेपालको पारदर्शिताप्रतिको प्रतिबद्धता विपरित हुने उसको भनाई छ । 

प्रसारणलाइनमा पर्ने ३२ वटा गाउँपालिका तथा नगरपालिकामा सार्वजनिक सुनवाइका क्रममा सबैलाई पहुँच उपलब्ध गराइएको तथा नेपालको वातावरण संरक्षण ऐनअन्तर्गत सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको सार्वजनिक दस्तावेज ‘वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन’ लाई समेत गोप्य भन्नु आफ्नै देशका निकायहरूको उपेक्षा गर्नु भएको एमसिए नेपालको भनाई छ । 

साथै, सो कार्यालयले गोप्य भनिएका ती कुनै पनि दस्तावेज एमसीसीसँग गरिएका सम्झौता नभएको पनि बताएको छ । 
एमसिए–नेपालले कुनै पनि दस्तावेज गोप्य रूपमा नराखी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको जानकारी गराउँदै यस्ता गलत सूचनामा विश्वास नगर्न पनि आग्रह गरेको छ । 

कुनै पनि दस्तावेज प्राप्त गर्नका लागि कार्यालयमा सम्पर्क राखिएमा सूचनाको हक सम्बन्धी ऐनअन्तर्गत दस्तावेजहरु उपलब्ध गराइने सो कार्यालयको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement