प्रजातन्त्र दिवसमा टेलिकमको एकदिने अफर: भ्वाइस कलमा छुट र बोनसमा डाटा

Advertisement

काठमाडौं । नेपाल टेलिकमले ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा भ्वाइस ओभर एलटीई (भोल्टी)) कल निःशुल्क प्रदान गर्ने भएको छ । 

टेलिकमले एमपोसबाट गरिने रिचार्जमा डाटा पनि बोनसमा उपलब्ध गराउने भएको हो । टेलिकमले दिएको जानकारीअनुसार उक्त अफर शनिबार एक दिनका लागि उपलब्ध हुनेछ ।

Advertisement

टेलिकमले  हालसालै व्यवसायिक रुपमा संचालन गरेको भोल्टी सेवामा भोलि कम्पनीको नेटर्वकभित्रका भोल्टी कलमा कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको हो । 

सोही प्रजातन्त्र द दिवसकै अवसरमा एमपोसबाट गरिने २ सय रूपियाँदेखि ४ सय ९९ रूपियाँसम्मको रिचार्जमा ५ सय १२ एमबी डाटा र पाँच सय वा सोभन्दा माथिको रिचार्जमा १ हजार २४ एमबी डाटा बोनसको रूपमा निःशुल्क उपलब्ध हुने टेलिमका सह–प्रवक्ता रंजित लोहियाले जानकारी दिए ।
  

Advertisement

Advertisement