अमेरिकाबाट सात वटा साँढेलाई जहाजमा हालेर नेपाल ल्याइयो, अहिले आइसोलेशनमा

Advertisement

काठमाडौं । अमेरिकाबाट सात वटा साँढेलाई नेपाल ल्याइएको छ । गाईको नश्ल सुधार गर्ने भन्दै सिकागोबाट जहाज चढाएर ती साँढेलाई नेपाल ल्याइएको हो । 

यी साँढेलाई नेपाल आइपुग्न तीन दिन लागेको समाचार छ । कृषि  तथा पशुपंक्षी विकास मन्त्रालयले किनेका यी साँढे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।  

Advertisement

ल्याइएका साँढेमध्ये दुई वटा शतप्रतिशत होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत जर्सी जातका हुन् । ल्याइएका साँढेलाई अहिले आइसोलेसनमा राखिएको जनाइएको छ । यिनीहरुलाई केही दिनमा पोखरामा रहेको वीर्य उत्पादन केन्द्रमा पठाइने जनाइएको छ । 

Advertisement

Advertisement