नेपालमा बार्षिक एक अर्बका 'केन्ट' प्रोडक्टहरु बिक्री गर्ने योजना छ: एमडी, केन्ट भारत

Advertisement

विद्युतीय सामग्रीहरुमा भारतको स्थापित र लोकप्रिय ब्राण्ड ‘केन्ट’का उत्पादनहरुको बिक्री नेपालमा पनि बढ्दै गएको छ । पाँच दशक लामो इतिहास बोकेको केन्टका सामानहरु नेपालमा चार बर्षदेखि चौधरी समूह बिक्री गर्दै आएको छ । नेपालमा विद्युतीय तथा घरायसी सामग्रीहरुको बिक्रीमा तीब्र प्रतिस्पर्धा भइरहेको बेला केन्टले नेपालमा सन् २०२४ भित्र सय करोड रुपियाँमा सामानहरु बिक्री गर्ने योजना बनाएको छ । केन्ट भारतका प्रवन्ध निर्देशक (एमडी)चिराग गुप्ताले नेपालमा अहिले भइरहेको आफ्ना सामानको बिक्रीबाट आफूहरु सन्तुष्ट रहेको बताउँछन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले व्यवसाय आफैमा पूर्ण सन्तुष्ट हुने पेशा नभए पनि आफूहरुले सन्टुष्टीको मात्रा बढाउँदै जाने बताउँछन् । प्रस्तुत छ गुप्तासँगको छोटो कुराकानीः 

केन्ट के हो ? यसका उत्पादनलाई ग्राहकले कसरी चिन्ने ?

Advertisement

केन्ट भारतको नेतृत्वदायी विद्युतीय उत्पादन हो । हाम्रो मुख्य सेगमेन्ट हो । वायर, केवल, पंखा, इलेक्ट्रिकल स्विच, स्विच गेयर, एलईडी लाइट, । हामी इण्डियामा विगत ५५ बर्षदेखि यो व्यवसायमा छौं । आज इण्डियाको लोकप्रिय सात वटा ब्राण्डभित्र चिनिन्छौं । पन्द्र सयभन्दा बढी बिक्रेता र दुई लाख खुद्रा बिक्रेतासहितको बिक्री सञ्जाल छ हाम्रो । यही भिजनका साथ हामीले इण्डियामा जुन सफलता पाएका छौं, सोही भिजनका साथ नेपालमा प्रवेश गर्ने प्रयास गरिरहेका छौं । विगत चार बर्षदेखि हामी नेपालमा पंखाको विजनेश गरिरहेका छौं र हरेक बर्ष केही सफलता हामीले गर्न सफल पनि भइरहेका छौं । अब पंखाबाहेक जुन इण्डियामा केन्टको पूर्ण विद्युतीय समाधान छ, सो कुरा नेपालमा गर्न चाहान्छौं । केन्ट भनेको कम्प्लिट इलेक्ट्रिकल सोलुशन ब्राण्ड, जुन हाम्रो ट्यागलाइन हो । 

केन्ट कम्पनीको भिजन सामान्य छ । दीगो वृद्धि गर्ने, कम्पनीका लागि पनि र आपूर्तिकर्ताको प्वाइन्टमा पनि । हामी डिलर र बिक्रीेतालाई साथमा लिएर वृद्धि गछौं । वृद्धिका लागि हामीले नयाँ नयाँ प्रोडक्ट र भर्टिकल्स ल्याइरहेका छौं । जस्तो अप्लायन्सअन्तर्गत चिम्नी, म्याटल, राइस कुकर, एलईडी लाइट, वाटर डिस्पेन्सर जस्ता प्रोडक्ट चाँडै यो बजारमा ल्याउँछौं । साथै, हामी हिटिङ डिभिजनका काम गछौं । जस्तो गिजर, रुम हिटर । अहिले ठूलो परिणाममा बजारमा ल्याउने योजनामा छौं । 

जुन तपाईंले चार बर्षदेखि नेपालमा केन्टका सामान बिक्री गरिरहेको बताउनुभयो । कत्तिको सन्तुष्ट हुनुहुन्छ ? 
हो, नेपालको बिक्रीबाट हामी निकै नै सन्तुष्ट छौं । तर, साथसाथ यो पनि मान्नुपर्छ कि विजनेशमा सन्तुष्टिको कुनै सीमा हुन्न । हामी यसलाई गुणात्मक वृद्धि गर्न चाहान्छौं । हामी सन्तुष्ट छौं, तर यसलाई अझै धेरै बढाउन चाहान्छौं । 

तपाईंहरुले केन्टका थोरै उत्पादनमा मात्रै नेपालमा ल्याउनु भएको छ । अरु पनि उत्पादनहरु छन् केन्टका । ती उत्पादन पनि ल्याउने के छ योजना ? 
नेपालको अर्को आर्थिक बर्ष जुन जुलाईमा सुरु हुन्छ, त्यो भन्दा अघि नै हाम्रा धेरै उत्पादन नेपालमा ल्याउने योजना छ । 

तपाईंहरुले आफ्ना सामान नेपालमा बिक्री गर्नका लागि चौधरी समूहलाई नै रोज्नुभयो । किन् ? 
हाम्रो लागि निकै गर्वको कुरा हो कि सिजी जस्तो समूहसँग एशोसियटेट छौं । विद्युतीय सामग्रीको व्यवसायका लागि नेपालको बजारबारे जुन हाम्रो अध्ययन छ, अझै पनि ठूलो अनअर्गनाइज सेक्टर छ, हामी यस्तो साझेदारको खोजीमा थियौं जसले नेपालको अर्गनाइज सेक्टरमा हामीलाई बढाउन र स्थापित गर्न सकोस् । सबैलाई थाहा छ कि चौधरी ग्रुप नेपालमा वृहत सञ्जाल रहेको निकै व्यवसायिक र संगठित कम्पनी हो । हामीलाई गर्व छ सिजीसँग साझेदारी गर्न पाउँदा । 

नेपालमा अरु पनि धेरै लोकप्रिय ब्राण्डहरु छन् । उनीहरुसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ? के छ रणनीति ? 
नेपालमा हामीले एक बजार पहिचान गरिरहेका छौं जहाँ काम गर्ने ठाउँ प्रशस्त छ । मानिसहरुलाई उचित मूल्यमा उच्च गुणस्तरको सामान चाहिन्छ ताकी आयात गरिएको न्यून गुणस्तरको सामान । मलाई लाग्ने आम नेपाली जनता न्यून गुणस्तरका सामान किन्नुपर्दा हैरान हुनुहुन्छ । यस्ता सामान केही दिनमा खराब भइहाल्छ । हाम्रो जुन विज्ञता, जुन केन्ट ब्राण्ड छ, उचित मूल्यमा उच्च गुणस्तरका सामान ल्याउन प्रतिवद्ध छौं जुन लामो समयसम्म चलोस् ।  

नेपाल विकासशील मूलक हो । नेपालीको क्रयशक्ति भारतीयको जस्तो छैन् । नेपाली उपभोक्ताका लागि मूल्यमा विशेष सहुलियत दिन मिल्दैन् ? 
मलाई लाग्छ नेपालीको क्रयशक्ति इण्डियाको भन्दा बढी छ । भारतीयहरु पैसा बचाउँछन् । तर नेपालीहरु पैसा खर्च गर्छन् । नेपालीहरुलाई सौख छ नयाँ सामान किन्ने । जुन मैले भने हाम्रो मुख्य योजना भनेको उचित मूल्यमा राम्रो गुणस्तरको सामान दिने । त्यो हाम्रो चुनौति पनि हो । 

केन्टले आर एण्ड डी (अनुसन्धान र विकास)मा कत्तिको ध्यान दिएको छ ? कति लगानी गरेको छ ? 
आर एण्ड डीमा हाम्रो के छ भने जति पनि हामी सामान आपूर्ति गछौं र त्यसबाट प्रतिक्रिया मिल्छ, त्यसको आधारमा गछौं । हाम्रो जुन आर एण्ड डीको ल्याब छ इण्डियामा । बजारको प्रतिक्रियालाई हामी गम्भीरतापूर्वक लिन्छौं । सोही प्रतिक्रियालाई मध्यनजर गर्दै हामी नयाँ उत्पादन विकास गछौं । इण्डियामा हाम्रो चार वटा आर एण्ड डी ल्याब छ जहाँ हाम्रो यो प्रक्रिया चलिरहेको हुन्छ । नेपालमा पनि हामीलाई प्रतिक्रिया मिलेको छ । हामीले जुन पंखा नेपालमा ल्याएका थियौं, जुन धेरै माग पनि छ, त्यसमा हामीलाई सुझावहरु मिलेको छ ।

केन्टका विद्युतीय सामानमा के त्यस्तो विशेषता छ जुन अरुमा छैन् ? सोही विशेषताका आधारमा तपाईंले यसको ब्राण्डिङ गर्नुहुन्छ । बिक्री गर्नुहुन्छ ।
सबैभन्दा पहिला हाम्रो जुन स्विच छ, जसलाई नेपालमा फोकस गरिरहेका छौं, यसको आगलागी हुने जोखिम एकदमै कम छ । यसमा ९६० डिग्री सेल्सेससम्म एक मिनेटसम्म आगोले समाउँदैन् । आजसम्म भारत वा नेपालका कुनै पनि कम्पनीमा यो प्रविधि छैन् । यसमा हामी धेरै सुरक्षासम्वन्धी विशेषताहरु पनि राखेका छौं । जस्तो कि क्याप्टिभ ब्याकपार्ट अलर्ट, जसले कुनै मानिसले कमन इलेक्ट्रिशन परिवर्तन गर्दा करेट लाग्ने संभावना हुँदैन् । जुन हाम्रो एमसीभी प्रोडक्ट छ, यसमा एमसीसी ट्रिभ हुँदा तल झर्छ । यदि कोही मानिस ट्रिम गर्यो भने एमसीभी बिचमा रोक्किन्छ । यसको अर्थ के लाग्छ भने यदि तपाईका. घरमा इलेक्ट्रिकल फोल्ट छ भने वा कसैले गलत ढंगले ट्रिभ गर्दियो भने त्यसले स्वचालितरुपमा काम गर्छ । यो प्रविधि हामीले नेपालमा ल्याउँदैछौं । साथमा हाम्रो जुन मुख्य उत्पादन पंखा हामीसँग छ, त्यसभित्र सतप्रतिशत कपरको प्रयोग छ । आज बजारमा अधिकांश जति पनि आपूर्तिकर्ता छन्, उनीहरु आल्मोनियमबाट बनाउँछन् । तर केन्टको सेगमेन्टमा त्यस्तो हुँदैन् । यी केही उदाहरण हो । 

वारेन्टीको अवस्था के छ ?
पंखामा दुई वर्षसम्मको वारेन्टी छ । स्विच र एमसीसीमा १० बर्षको वारेन्टी छ । 

केन्टको बिक्री नेपाल, भारतबाहेक अन्त कहाँ कहाँ छ ? 
हाम्रो बिक्री इण्डिया, नेपाल, भारत र अफ्रिकाका केही देशमा छ ।

नेपालमा तपाईंहरुको कुनै योजना त होला यति बर्षमा हामी यति बजार हिस्सा पुर्याउँछौं भन्ने ? 
नेपालमा हामी यो चाहान्छौं कि सन् २०२४ सम्म बार्षिक एक अर्ब रुपियाँको बिक्रीसम्म पुगौं । 

तपाईं नेपाल आउनुभयो । पशुपति पनि पुग्नु भयो । कस्तो लाग्यो नेपाल ?
नेपाल साह्रै राम्रो लाग्यो । नेपालका आम मानिस साह्रै मिजासिलो र असल लाग्यो । राम्रो व्यवहार गर्ने । म दिल्लीमा बस्ने हो । सुन्दरताको हिसावले हेर्दा स्वच्छ ठाउँमा आएँ । पशुपतिनाथको दर्शन गर्ने अवसर प्राप्त भयो । जनकपुरधाममा सीता माताको दर्शन गर्ने अवसर पनि प्राप्त भयो । 

Advertisement

Advertisement