म वास्तवमा झुक्किएर सहकारी क्षेत्रमा आईपुगेको होः राष्ट्रिय सहकारी बैंकका सीईओ

Advertisement

काठमाडौं । पछिल्ला दिनमा सहकारी संस्थाहरुले पनि एटीएम (अटोमेटिक ट्रेलर मेसिन) सेवाको प्रयोग बढाउँदै लगेका छन् । सहकारी संस्थाले समेत एटीएमबाट रकम निकाल्न सकिने सुविधा दिएसँगै सहकारीका सदस्यहरुलाई सहज हुन थालेको छ । 

प्रविधिको विकास अघि शहरदेखि दूरदराजका मानिससम्मले झोला र खल्तीमा पैसा बोकेर हिड्नु बाध्यता थियो । तर अहिले नगद बोक्ने चलनमा निकै कमी आएको छ । नेपाल राष्ट्र बैंकले पनि नगदरहीत कारोबारलाई प्रशय दिइरहेको बेला सहकारी क्षेत्रले पनि एटीएमको प्रयोग बढाउँदै लगेका छन् । यस्तै प्रयोग राष्ट्रिय सहकारी बैंकले पनि सुरु गरेको छ । सोही बैंकका सीईओ बद्री गुरागाईंको विचारः 

Advertisement

अहिले सहकारी बैंकको व्यवसाय ३९ लाख सहकारी सदस्यमा कसरी पुर्याउने र तिनीहरूबाटै व्यवसाय कसरी वृद्धि गर्ने ? भन्ने छ हाम्रो । एउटा सहकारी संस्थाले आफैले एटीएम राख्ने, त्यसको मर्मत संहार गर्ने र त्यसलाई संचालन गर्ने कुरा अघि बढाएका छौं । हामीले अहिले सुरुमा धेरै एटीएम राख्नेभन्दा पनि ठिक्क एटीएम राखेर त्यही किसिमको उपलब्धी पनि गर्दै जाने योजना बनाएका छौं । त्यस्ता कुरामा आफैले आफूलाई मोटिभेट गर्दै जानुपर्छ भन्ने लक्ष्य राखेका छौं ।

सहकारीमा एटीएम राख्नुपर्छ भन्ने कुरा पनि एउटा सुरुवात हो । यसले सहकारी क्षेत्रलाई पनि अघि बढाउनुपर्छ भन्ने कुरामा मद्दत गर्छ । म वास्तवमा झुक्किएर सहकारी क्षेत्रमा आईपुगेको हो । आजभन्दा दश वर्ष अगाडी म पनि एक ठाउँमा जागिर खाँदै थिए । त्यतिबेला मेरा धेरै साथीहरू बैंकमा काम गर्नु हुन्थ्यो । मैले त्यति बेलादेखि नै आफूले आफूलाई निकै पटक मोटिभेट गर्दै आएको छु ।

आजको मितिमा आउँदा मैले लिएको निर्णय गलत थिएन जस्तो लाग्छ । सबैको जीवन सकिने भनेको मृत्यु पछाडी नै हो अहिले नै हिसाब किताब गरिहाल्नु त्यति उचित पनि हुँदैन । आज हामीले उच्च व्यवस्थापन तहमा पनि कन्भिन्स गराउन तथा सघाउन सफल भएका छौं ।

क्षेत्रगत हिसाबमा हेर्दा सहकारीमा साइबर सेक्युरीटीका कुराहरु पनि छन् । हामीले हाम्रो सफ्टवेर अपग्रेड गर्न तथा साइबर सुरक्षा कायम गर्नुपर्ने कुरा पनि उठाएका छौं । राष्ट्रिय सहकारी बैंक अहिले सुरक्षाका हिसाबमा अघि बढ्न चाहेको छ । तर यसमा हामी एक्लै सफल हुने भन्ने कुरा हुँदैन् । हामीलाई सबैको सहयोग चाहिन्छ ।

यसपालिको मौद्रिक नीतिले पनि हामीलाई सहयोग गरेको छ । हामीले दुरदराजका मान्छेले नगद नै बोकेर हिड्नुपर्ने अवस्था थियो । त्यसरी साथमा पैसा बोकेर हिड्नुपर्ने बाध्यता भनेको देश र अर्थतन्त्र दुवैका लागि चुनौतीको विषय पनि हो । हामी अब क्यूआर कोडमा पनि जाँदैछौं । संचालक समितिले पनि हामीलाई धेरै सहयोग गर्दै आएको छ । आगामी दिनमा हामीले सहकारीका निर्देशिका तयार गर्ने कुरामा पनि काम गर्नेछौं ।

पछिल्लो तीन वर्षमा नै हामीले ४० प्रतिशतको हिसाबले ग्रोथ गरेका छौं । २०७५ सालमा म यहाँ १२ अर्ब रूपियाँको पोजिसन थियो भने अहिले ७२ अर्ब रूपियाँ पुगेको छ । त्यस्तै, ४८ वटा शाखाहरु अहिले ६८ वटा पुगिसकेका छन् । हाम्रो बिस्तार जोमेट्रिकल्ली भएकाले आगामी दिनमा यसले अझै गति लिदै जानेछ । 

(राष्ट्रिय सहकारी बैंकको एटीम उद्घाटन कार्यक्रममा आइतबार गुरागाईंले व्यक्त गरेको विचार)

Advertisement

Advertisement