छ महिनाभित्र दोस्रो ठूलो आईएसपी बन्दै डिशहोम, नम्बर वान बन्ने के छ योजना ?

Advertisement

काठमाडौं । आक्रामकरुपमा बजार विस्तार गर्दै आएको डिशहोमले आफ्ना इन्टरनेट प्रयोगकर्ता ग्राहकको संख्या ९७ हजारभन्दा बढी पुगेको भन्दै अबको छ महिनामा दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) बन्न आफूहरु सफल हुने विश्वास लिएको छ । 

डिशहोम मिडिया नेटवर्कले डिशहोम फाइबरनेट ब्राण्डमा देशका प्रमुख शहरहरुमा इन्टरनेट सेवा व्यापकरुपमा विस्तार गर्दै आएको छ । कम्पनीका बिक्री महाप्रवन्धक रमेश सापकोटाले सेवा विस्तारसँगै गुणस्तरीय सेवा र बिक्रीपछिको सेवालाई विशेष ध्यान दिएकाले पनि मानिसहरुको आकर्षण डिशहोम फाइबरनेटतर्फ बढेको बताए । 

Advertisement

उनले केही दिनभित्रमा डिशहोम फाइबरनेटका ग्राहको संख्या एक लाख पुग्ने र अहिलेकै गतिमा सेवा विस्तार हुँदै जाँदा अबको छ महिनामा डिशहोम नेपालको दोस्रो ठूलो आईएसपी बन्ने बताए । उनले नम्बर वान बन्ने रणनीतिका साथ काम गरिरहेको बताउँदै यसमा आफूहरु सफल हुने बताए ।  

डीटीएच प्रविधिमा टेलिभिजन सेवा प्रदान गर्दै आएको यस कम्पनीको देशभर पहिले नै ठूलो सञ्जार विस्तार रहेकाले पनि आफ्ना इन्टरनेट प्रयोगकर्ता बढाउन सहज भएको हो । कम्पनीले डीटीएच सेवा जडान गर्ने ग्राहकहरुलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आएको छ । 

सापकोटाले भने, ‘अहिले सबैभन्दा धेरै बिक्री भइरहेको र ग्राहकले मन पराएको इन्टरनेट सेवा डिशहोम नै हो । अरु आईएसपीको बढ्ने भन्दा पनि घट्ने क्रम देखिन्छ । तर हाम्रो तीब्ररुपमा बढ्दै गएको छ । हाम्रो हेर्ने हो भने जम्मा दुई प्रतिशत मात्रै निष्क्रय छन् । अरु सबै सक्रिय प्रयोगकर्ता छन् । हाम्रो सबै राम्रो प्याकेज भनेको सय एमबीपीएसको ८९९ रुपियाँको प्याकेज रहेको हो । हामीले फाइभजी राउटरसहित यो प्याकेज दिएका छौं ।’ 

डिशहोमको १० एमबीपीएसदेखि १५, २० हुँदै तीन सय र छ सय एमबीपीएसको पनि प्याकेज छ । ग्राहकले आफ्ना आवश्यकता र सुविधाअनुसार डिशहोम फाइबरनेट जोड्नसक्ने कम्पनीले जनाएको छ । सोपकोटाले भने, ‘घरमा इन्टरनेट चलाउने एक जना मात्रै छ भने १० एमबीपीएसले पनि चल्छ । किन ठूलो जोड्नु पर्यो र ?’ त्यसबाहेक डीटीएच कम्बो, आईपीटीभी कम्बो पनि दिइरहेको उनले बताए ।

बुकिङ गरेपछि सबैभन्दा चाँडै जडान गर्नेमा डिशहोम देखिएको छ । नियमितरुपमा ग्राहक सर्पोटका लागि टोलफ्रि नम्बर, एनसेल नम्बर पनि रहेको छ । आफूहरुले ग्राहकको कार्यव्यस्ततालाई मध्यनगर गरेर उनीहरुले दिएको समयअनुसार नै सेवा दिन प्रयास गर्दै आएको महाप्रवन्धक सापकोटाले बताए । 

डिशहोम टिभी हेर्दै ग्राहकलाई कम्पनीले निःशुल्क दिएको १० एमबीपीएस इन्टरनेटले पनि ग्राहकमाझ डिशहोमको गुडविल अझ राम्रो बनाउन सहयोग पुगेको देखिन्छ । डिशहोम फाइबरनेटको गुणस्तरमा कुनै समस्या नरहेको दोहोर्याउँदै उनले भने, ‘हाम्रो इन्टरनेटमा जति भनिएको छ, त्यो भन्दा कम गति हुँदैन् । कुनै प्रविधिक समस्या आएको भए त्यो छुट्टै हो । होइन् भने हाम्रो इन्टरनेटको क्वालिटिमा कुनै समस्या छैन् । एउटा यतिको इन्टरनेट बिक्री गर्ने तर दिने अर्को भनेर ग्राहकहरुको बारम्बार गुनासो आउने अवस्था हामीले दिएका छैनौं ।’ 

आक्रामक ढंगले इन्टरनेट सेवा सुरु गरेको नेपालको ठूलो चौधरी समूह पनि इन्टरनेट सेवामा शिथिल बन्दै गएको बेला डिशहोमले भने आफ्नो निरन्तरताको गति कायम राखेको छ । सेवा, प्याकेज, कन्टेन्टको हिसावले छ महिनाभित्र दोस्रो ठूलो आईएसपी बन्ने योजना बनाएको डिशहोमले सक्दो चाँडो नम्बर वान बन्ने लक्ष्यका साथ काम गरिरहेको देखिन्छ ।

त्यस योजनाअन्तर्गत अहिले डिशहोम देशका मुख्य सबै शहरमा पुगेको छ भने मध्यम शहरहरुमा सेवा विस्तारलाई जोड दिँदैछ । डिशहोमले नेपालमा पहिलो पटक स्याटलाइन इन्टरनेट पनि सुरु गर्न लागेको छ । कम्पनीले डेढ महिनाभित्र यसको परीक्षण सञ्चालन गर्ने बताएको छ ।  

Advertisement

Advertisement