विदेशी मुद्राको सञ्चिति १६ प्रतिशतले घट्यो,  साढे छ महिनाको मात्रै आयात धान्ने

Advertisement

काठमाडौं । गएको असार महिनाको तुलनामा गएको माघसम्म विदेशी मुद्राको सञ्चिति १६ दशमलव दुई प्रतिशत घटेर ११ खर्ब ७३ अर्बमा झरेको छ । गएको असारसम्म यस्तो सञ्चिति १३ खर्ब ९९ अर्ब थियो । 

अहिले रहेको विदेशी मुद्राको सञ्चितिले छ दशमलव सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । बढ्दो आयात र घट्दो विप्रेषणका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेको हो । यस्तो सञ्चितिमा सहयोग पुर्याउँदै आएको पर्यटन क्षेत्र अहिले ठप्प जस्तै छ भने निर्यातमा पनि आकर्षित ढ्रंगको वृद्धि हुन सकेको छैन् । विदेशी अनुदान र ऋणका साथै प्रत्यक्ष वैदेशिक लगानीको रकम पनि प्रतिवद्धताअनुसार नआउँदा यस्तो असर सञ्चितिमा देखिएको हो । 

Advertisement

समीक्षा अवधिमा अमेरिकी डलरको सञ्चिति १७ प्रतिशतले घटेको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा ४२ प्रतिशत छ । नेपालको मुख्य व्यापार पनि भारतसँग छ । 

Advertisement

Advertisement