खाद्य वस्तुको मूल्यवृद्धि दोहोरो अंकमा

Advertisement

काठमाडौं । खाद्य वस्तुहरुको मूल्यवृद्धि दोहोरो अंकमा भएको छ । नेपाल  राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो सात महिनाको मुलुकको आर्थिक स्थितिमा यस्ता वस्तुहरुको उच्च मूल्यवृद्धि भएको हो । 

गएको माघमा बार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि पाँच दशमलव ९७ प्रतिशत रहे पनि सर्वसाधारण उपभोक्तालाई बढी प्रभाव पर्ने खाद्य तथा उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको देखिएको छ । गत बर्ष सोही अवधिमा बार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि दुई दशमलव ७० प्रतिशत मात्रै थियो । 

Advertisement

गएको माघ महिनामा ध्यु तथा तेल समूहको मूल्यवृद्धि २० दशमलव ६८ प्रतिशत छ भने तरकारी समूहको मूल्यवृद्धि १४ दशमलव ०७ र दाल तथा गेडागुडी समूहको मूल्यवृद्धि नौ दशमलव ३६ रहेको छ । 

त्यस्तै, गैरखाद्य तथा सेवा समूहतर्फ यातायातको मुद्रास्फीति १५ दशमलव ८७ प्रतिशत, शिक्षाको सात दशमलव ८६ प्रतिशत, फर्निसिङ तथा घरायसी सामग्रीको पाँच दशमलव ९२ प्रतिशत छ । माघमा काठमाडौं उपत्यकाको मुद्रांस्फीति पाँच दशमलव ४७ प्रतिशत छ । गएको माघमा थोक मुद्रास्फीति १० दशमलव ३४ प्रतिशत छ । 
 

Advertisement

Advertisement