डिशहोम फाईबरनेटको प्रयोगकर्ता एक लाख

Advertisement

काठमाडौं । इन्टरनेट सेवासमेत प्रदान गर्दै आएको डशहोमले आफ्नो डिशहोम फाईवरनेट प्रयोगकर्ता एकलाख पुगेको जनाएको छ । 

कम्पनीले चुस्त दुरुस्त सेवा देशभर पुर्याउने लक्ष्य लिएर यो सेवा सुरु गरिएकोमा एक लाख ग्राहक पुर्याउन सफल भएको बताएको हो । यस अवसरमा डिशहोमको कार्यालयमा आयोजित कार्यक्रममा डिशमिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले अब देशभर सेवा दिन तयार डिशहोम फाईवरनेटको नेटवर्कले छिट्टै थप ग्राहकहरुलाई सेवा दिँदै ग्राहक संख्या गुणात्मक विस्तार गर्दै जानुपर्ने बताए ।

Advertisement

आउँदो समय ग्राहक संख्या विस्तारसँगै भरपर्दो सेवाको निरन्तरता प्रदान गर्ने प्रण गर्दैै डिशहोमका कर्मचारीहरुले एक लाख ग्राहक संख्या पुगेकोमा केक काटेर खुसियाली मनाए ।

Advertisement

Advertisement