नेपाल टेलिकमले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

Advertisement

काठमाडौं । नेपाल टेलिकमले शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र प्रतिशेयर रु. २० नगद लाभांश दिने घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७७।७८ को नाफाबाट आफ्ना शेयर १०० कित्ता बराबर २० कित्ता बोनस शेयर र प्रति शेयर २० रूपियाँका दरले नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव राजेन्द्र श्रेष्ठले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिले सोमबार उक्त निर्णय गरेको हो । प्रस्तावित लाभांश अर्थमन्त्रालयबाट स्वीकृति पछि आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् । 

यसैबीच चैत २४ गते टेलिकमको १४ औं वार्षिक साधारण सभाको मिति तोकिएको छ । सो साधारण सभाले प्रस्तावित लाभांश  बोनसलाई पारित गर्ने भएको हो । 

साधारण सभा प्रयोजनका लागि चैत ११ गतेदेखि १३ गतेसम्म बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव श्रेष्ठले बताए । 

बोनस शेयर पनि कम्पनीको चुक्ता पूँजी १८ अर्ब पुग्नेछ । 

Advertisement

Advertisement