नेपालमा बिटक्वाइन प्रयोग गर्न नदिन प्राधिकरणको इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले इन्टरनेट सेवा प्रदायकहरुलाई बिटक्वाइन नेपालभित्र प्रयोग गर्ने वातावरण बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणले क्रिप्टोकरेन्सी, बिटक्वाइन तथा अनलाईन जुवा लगायतका वेभसाइट बन्द गर्न निर्देशन दिएको हो ।

अर्थ मन्त्रालयको निर्णयको आधारमा प्राधिकरणले बिटक्वाइन जस्ता साइट तथा एप रोक्न यस्तो निर्देशन जारी गरेको छ । पछिल्लो समय नेपालमा भर्चुअल मनी बिटक्वाइनको बिगबिगी बढ्दो छ । 

Advertisement

नेपाल राष्ट्र बैंकले पनि बिटक्वाइन करको दायरामा नआउने, कारोबारको रेकर्ड नबस्ने हुँदा ग्राहक ठगिने सम्भावना रहने र विदेशमा जस्तो नेपालमा बिटक्वाइनको रकम एटीमबाट भौतिकरुपमा निकाल्न नमिल्ने भन्दै यसलाई निरुत्साहित गरेको अवस्था छ ।

त्यस्तै, प्रमाणसहित आएमा बिटक्वाइन कारोबारमा संलग्न हुने र त्यस्ता गतिविधिमा संम्लग्न गराउनेलाई समेत कारबाही हुने नेपाल प्रहरीको साइबर ब्युरोको भनाई छ ।  

Advertisement

Advertisement