शिवम सिमेन्टको सहायक कम्पनी होङसी शिवमले १०.२०४ प्रतिशत बोनस शेयर दिने

Advertisement

काठमाडौं । शिवम सिमेन्ट लिमिटेडको सहायक होङसी शिवम् सिमेन्ट प्रालिले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई १०.२०४ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । 

होङसी शिवमको हालै सम्पन्न बार्षिक साधारणसभाले सो सम्वन्धी प्रस्ताव  पारित गरेको हो । शिवम होल्डिङ्समा शिवम सिमेन्टको ८८ प्रतिशत शेयर स्वामित्व रहेको छ । चीनको व्यापारिक समूह होङसी समूहमार्फत प्रत्यक्ष वैदेशिक लगानी भएको होङसी शिवममा चीनको होङसी होल्डिङ ग्रुप अन्तर्गतको हङकङ रेडलाइन सिमेन्टको ७० प्रतिशत र शिवम होल्डिङ्सको ३० प्रतिशत नेपाली लगानी रहेको छ ।

Advertisement

शिवम सिमेन्टका अनुसार होङ्शी शिवमको १२ अर्ब ७३ करोड ९९ लाख ८९ हजार आठ सय रुपियाँ चुक्ता पुँजीमध्ये शिवम होल्डिङ्सको पुँजी तीन अर्ब ८२ करोड १९ लाख ९६ हजार नौ सय रुपियाँ लगानी छ । 

Advertisement

Advertisement