इजेड रेमिट र इसेवाबीच सम्झौता, ४० मुलुकबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

Advertisement

काठमाडौँ । इसेवा मनि ट्रान्सफर र  विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बैंक अन्तरगत रहेको इजेड रेमिटबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ । 

यो सम्झौतासंगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने भएको हो । 

Advertisement

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सिईओ अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहेका कार्यबहाक सिईओ मुजाहिद मलिकले हस्ताक्षर गरेका हुन् । 

सन् २००३ मा स्थापना भएको इजेड रेमिट लन्डनमा रहेर विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको सस्तो, छिटो र भरपर्दो रेमिट कम्पनी हो ।

यो बहराइनमा रहेको बिएफसी गु्रप होल्डिङ्कस् (बिएफसी) गु्रपको मातहतमा रहेर रहेर संचालन हुँदै आएको छ ।  यो रेमिट कम्पनी हाल संसारका ४० भन्दा बढी मुलुकमा विस्तार भएका ५५,००० बढी नेटवर्कका माध्यम हुँदै संसारका अधिकांस मुलुकमा रेमिट्यान्स सेवा प्रदान गरि रहेको छ ।
 

Advertisement

Advertisement