विदेशमा मृत्यु र अंगभंग भएका श्रमिककका परिवारलाई अब अनलाइन प्रणालीबाट क्षतिपूर्ति

Advertisement

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिककका परिवारलाई दिइने क्षतिपूर्ति सम्बन्धी सेवा अनलाइन प्रणालीमार्फत दिने भएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिककका परिवारलाई दिइने क्षतिपूर्ति सेवा अनलाइन प्रणालीमार्फत सुरु भएको बताए । 

उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको सेवा प्रवाह थप प्रभावकारी बनाउनका लागि विभागबाट दिने आर्थिक सहायतालगायत अन्य सेवा अनलाइनबाट सुरु गरिएको बताए । श्रेष्ठले वैदेशिक रोजगारीमा गएका श्रमिकको विदेशमा मृत्यु र अंगभंग भएमा आर्थिक साहयता वा क्षतिपूर्तिका लागि स्थानीय तहबाट नै अनलाइनमार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको बताए । 

Advertisement

वैदेशिक रोजगार कल्याणकारी सुचना व्यवस्थापन प्रणाली सोमबारबाट नै सञ्चालन आएको भन्दै उनले एकपटक वैदेशिक रोजगारमा गएर फर्किएकाहरुले फेरि विदेश जाँदा अभिमुखीकरण तालिमको कक्षा लिनुनपर्ने व्यवस्था गरेको बताए । यसअघि नयाँ श्रम स्वीकृति लिएर जाने जोसुकैले पनि अभिमुखीकरण लिनुपर्ने व्यवस्था थियो । 

श्रेष्ठले बोर्डमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सिधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागू भएको भन्दै पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा प्रवाहमा थप प्रभावकारी बनाउनको लागि वैदेशिक रोजगार विभागबाट प्रधान गरिने आर्थिक सहायतालगायत अन्य सेवा अनलाइन सफ्टवयर प्रणाली सुरु गरिएको छ । वैदेशिक रोजगार नियमावली २०६४ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधिमा वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना घटेको मितिले एक वर्षभित्र बोर्डबाट नियम अनुसारको आर्थिक सहायता वा क्षतिपूर्तिका लागि स्थानीय तहमार्फत समेत निवेदन दिन सकिने व्यवस्था गरिएको छ ।’

Advertisement

Advertisement