कोलम्बो पुगेका मन्त्री खड्काले जयशंकरलाई भेटे, रामायण सर्किट बनाउने सहमति

Advertisement

काठमाडौँ । आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रिस्तरीय बैठकमा भाग लिन श्रीलंकाको कोलम्बो पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भटेवार्ता गरेका छन् । 

भेटमा रामायण सर्किट निर्माण गर्ने सहमति भएको जयशंकरले ट्वीट गर्दै खुलासा गरेका छन् । उनले दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको रामायण सर्किट निर्माण गर्ने कुरामा सहमति भएको बताएका छन् । 

Advertisement

बिमस्टेकको १८ औं मन्त्रिस्तरीय बैठक अहिले जारी छ । जयशंकरले बैठकमा भाग लिन आएका बिमस्टेकका अरु प्रतिनिधिसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।

बिम्सटेक बैठक के दौरान नेपाल के विदेश मंत्री नारायण खड़का से मुलाकात करके अच्छा लगा।

कनेक्टिविटी, ऊर्जा, उर्वरक, स्वास्थ्य और बिजली में आपसी सहयोग पर चर्चा की।

रामायण सर्किट की प्रगति पर ध्यान देने पर सहमति बनी। https://t.co/wKPHZVZ3G1

— Dr. S. Jaishankar (@DrSJaishankar) March 29, 2022

Advertisement

Advertisement