त्रिवि सेवा आयोगका प्रमुख ढकालसहित ६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयका प्राडा टेकनाथ ढकालसहित ६ जना बिरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । 

परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पुष्टी भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो । 

Advertisement

ढकालसहित उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगको कार्यालयका तत्कालीन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, सहप्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने र पुस्तकालय सहायक प्रशासक इन्दिरा घिमिरे बिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । 

आयोगको कार्यालय २०७३ फागुन १८ गते प्रकाशित विज्ञापन बमोजिमको उपप्रशासक, पुस्तकाल अधिकृत, प्राविधिक अधिकृत(इञ्जिनियर), प्राविधिक अधिकृत (कम्प्युटर), मुख्य प्राविधिक सहायक (कम्प्युटर), लेखा सहायक, पुस्तकालय सहायक र प्राविधिक सहायक (कम्प्युटर) पदको लिखित परीषामा अनियमितता र आर्थिक चलखेल गरी सक्षम र उत्कृष्ट उम्मेदवारलाई पाखा लगाएको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको अख्तियारले आज प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ । 

अभियुक्तहरुलाई भ्रष्टाचार ऐन २०५९ को दफल १३ बमोजिम भ्रष्टाचारको कसुर भएको देखिंदा तीन महिनादेखि १ वर्षसम्म कैद र पाँच हजारदेखि १० हजारसम्म जरिवानाको माग दाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् । 
 

Advertisement

Advertisement