भारतले नेपाली बिजुली बंगलादेश र भुटानलाई बेच्न दिने, किन्दा अधिकतम् मूल्य १२ भारु

Advertisement

काठमाडौँ । नेपाली बिजुली बंगलादेश र भुटानलाई बेच्न दिन भारत सहमत भएको छ । नेपाल र भारतबीच सार्क उपक्षेत्रीय मोडलमा उर्जा क्षेत्रको सहकार्य विस्तार गर्ने सहमति भएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भएको वार्तामा बिबिआईएन (भुटान, बंगलादेश, भारत र नेपाल) ढाँचामा सहकार्य विस्तार गर्ने कुरा भएको हो । 

Advertisement

यसका सर्तहरु सहभागी पक्षहरुबीच आपसी सहमतिमा निर्धारण गरिनेछ । बिबिआइएन मोडलमा यसअघि मोटर भेइकल एग्रिमेन्ट भएकोमा अहिले उर्जा व्यापारको कुरा भएको हो । तर यो मोडलमा भुटान भने सहमत भएको छैन् । 

बंगलादेशले नेपाल र भुटानबाट बिजुली किन्न चाहे पनि भारतले प्रसारण लाइन निर्माण गर्न दिन आनाकानी गरेकाले ढिलाई हुँदै आएको छ । साथै, भारतले ‘डे अहेड मार्केट’ प्रणालीबाट इन्डियन इनर्जी एक्सचेन्ज मार्केट (आईईएक्स)मा खरिद–बिक्री हुने विद्युत्‌को अधिकतम मूल्य सीमा प्रतियुनिट भारु १२ रुपैयाँ तोकेको छ । 

भारतको केन्द्रीय विद्युत् विनियामक आयोग (सेन्ट्रल इलेक्ट्रिसिटी रेगुलेटरी कमिसन)ले ‘पावर मार्केट रेगुलेसन, २०२१’ संशोधन गर्दै आईईएक्समा खरिद–बिक्री हुने बिजुलीको सिलिङ घटाएको हो । 

रुस–युक्रेन युद्धपछि भारतीय बजारमा उर्जाको मूल्य आकाशिएपछि नेपाल विद्युत प्राधिकरणलाई अधिकतम् मूल्य २० रुपियाँ भारुमासमेत बिजुली दिन बन्द गरेको छ । भारतीय विद्युत आयात बन्द भएसँगै नेपालमा लोडसेडिङ सुरु भएको छ । बिजुलीको मूल्य सिलिङ घटेसँगै प्राधिकरणलाई पनि केही राहत हुने देखिएको छ । 

आजको सहमतिअनुसार एक दिनमा खरिद गरिने कुल बिजुलीमध्ये ९९ प्रतिशत १२ भारुमा र एक प्रतिशत मात्रै सोभन्दा महंगोमा खरीद गर्न सकिने छ । केन्द्र सरकारले बिजुलीमा केही राहत दिए पनि बिहार सरकारले भने आपूर्ति सहज नभएसम्म बिजुली नबेच्ने स्पष्ट पारिसकेको छ । 

Advertisement

Advertisement