सुपारी आयात रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

Advertisement

काठमाडौँ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको इजाजत रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबारको बैठकले सुपारी आयातका लागि इजाजत नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

विदेशी मुद्राको सञ्चिती कम रहेको अवस्थामा सुपारीजस्ता वस्तु आयातमा रोक लगाउनुपर्ने भन्दै समितिले यस्तो निर्णय गरेको समितिका सभापति विमल श्रीवास्तवले बताएका छन् । साथै, समितिले सुपारी आयातको अवस्था अध्ययन गर्न भ‌ैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा स्थलगत भ्रमणमा जाने निर्णय पनि गरेको छ ।

Advertisement

गुट्खा, सुर्तीजन्य पदार्थमा प्रयोग हुने सुपारी आयात खुल्ला गर्ने निर्णय पहिलोदेखि विवादित बन्दै आएको छ । बैठकमा मन्त्रालयका सचिव अर्जुन पोखरेलले साँसदले उठाएका जवाफबारे जानकारी दिएका थिए । 

Advertisement

Advertisement