मन्त्री दीपक मनाङ्गेले शाखा अधिकृतलाई कुटे, कुटिएका ओझा अस्पताल भर्ना

Advertisement

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले सरकारी कर्मचारीलाई कुटेका छन्  । गुण्डागर्दी पृष्टभूमिका उनले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेका हुन् । 

मंगलबार भएको उक्त घटना आज मात्रै मिडियामा सार्वजनिक भएको हो । घटनाअनुसार फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका ओझालाई मन्त्री मनाङेले गाली गर्दै हातपात गरेका थिए । आफू कुटिएपछि मन्त्रालयका सचिव बद्री अधिकारी जानकारी गराएका थिए । त्यसपछि सचिवले मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई घटना जानकारी गराइएको थियो । 

Advertisement

मनाङेले हातपात गरेपछि ओझा अस्पताल भर्ना भएका छन् ।  उनी अहिले बिदामा छन् । 

Advertisement

Advertisement