केन्ट ‘आरओ’को नयाँ वर्ष अफरः तीन लाखको दुर्घटना बीमासमेत

Advertisement

काठमाडौंः नेपालमा केन्ट उत्पादनहरूको आधिकारिक वितरक सिजीइलेक्ट्रोनिक्स अन्तर्गतको ईओएल प्रा.लि.ले नयाँ बर्ष २०७९ लाई लक्षित गरी ग्राहक योजना ल्याएको छ । 
भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकले रुचाएको केन्ट आरओले नयाँ वर्षलाई लक्षित गर्दै ‘स्वछ पानी, साथमा बीमा पनि, केन्ट आरओसँग ढुक्क छ जिन्दगानी’ नारासहित अफर योजना ल्याएको हो । 

यस योजनाअन्तर्गत केन्टको कुनै पनि आरओमोडल र केन्ट हेपा एयर प्युरिफायरको खरीदमा रु. ३ लाखको दुर्घटना बीमा पाइने छ । यो योजना चैत्र २५ देखि नेपालमा सिमित अवधिको लागि लागू हुने कम्पनीले जनाएको छ । 

Advertisement

कम्पनीले भनेको छ, ‘आज सफा पिउने पानीे आवश्यकता बनेको छ । प्रत्येक वर्ष लाखौं नेपाली पानीजन्य रोगहरूले संक्रमित हुन्छन् र हजारौंले आफ्नो ज्यान गुमाउँछन् । तपाईंले पिउने पानीमा उच्च टिडीएस, ब्याक्टेरिया, भाइरस, कीटनाशक र अन्य हानिकारक रसायनहरू समावेश हुन सक्छ । साथै, घरहरूमा आपूर्ति गरिएको पानी रस्ट र पुरानो पाइपलाइनहरूमार्फत आउने र अस्वस्थ ट्याङ्कीमा भण्डारण हुने गर्दछ । पिउनुभन्दा पहिले पानी शुद्ध छ भन्ने कुरा सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ । यसैले, केन्ट आरओबाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणको लागि आवश्यकता भएको छ ।’ 

केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेको भन्दै सो कम्पनीले केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, किटाणुनाशक उपकरण तथा डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि सर्वत्र उपलब्ध रहेको जनाएको छ ।

Advertisement

Advertisement