सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

Advertisement

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।,

सञ्चालक समितिको आज बसेको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरी ४ वर्षको लागि न्यौपानेलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले बताए । 

Advertisement

न्यौपाने सोही बैंकमा लामो समयदेखि कार्यरत छन् । हाल नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहँदै केही समय अघि सीईओ तुल्सी गौतमले राजीनामा दिएपछि साउन १ गतेबाट कार्यबाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । 

काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका उनले बैंकिङ क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रवर्द्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता हुन् । कर्मर्सियल बैंकिङ तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवम् व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् । 

Advertisement

Advertisement