‘अर्थतन्त्रको जग २०४६ पछि भत्कियो, ३० वर्षमा किसान र उद्यमी होइन, कार्यकर्ता मात्रै जन्मायौं’

Advertisement

काठमाडौं । व्यवसायी प्रवलजंग पाण्डेले नेपालको अर्थतन्त्रको जग २०४६ सालपछि भत्किएको बताउँदै तीन दशकमा अर्थतन्त्र जटिल अवस्थामा पुगेको बताएका छन्

सामाजिक सञ्जालमा लेख्दै उनले देश आत्मनिर्भरभन्दा पनि परनिर्भर बन्दै गएको, उत्पादनभन्दा पनि आयातमा भर पर्नुपरेको, संघीय गणतन्त्रको नाम भएका राजनीतिक प्रयोगले आर्थिक विकास झन प्रभावित भएको औंल्याएका छन् । 

Advertisement

पाण्डे लेख्छन्, ‘हाम्रो अर्थतन्त्रको जग निकै कमजोड भयो, ४६ सालपछि त झन भएको जग पनि एकपछि अर्को गरेर भत्कियो । न त हामीले कुनै नयाँ औद्योगिक क्षेत्रहरु विकास गर्न सक्यौ, न त कृषिमा नयाँ प्रबिधि नै भित्र्याउन सक्यौं । हामी ८० प्रतिशत जनता कृषिमा आश्रित छौ र हामी कृषिप्रधान देश भनेर रटान लगाईरह्यौ । त्यसका बाबजुद आज हामी चामल निर्यात गर्ने देश सबैजसो खाद्यान्न, तरकारी र फलफूल आयात गर्ने मुलुक भयौं । ग्रामिण क्षेत्रका श्रम गर्नसक्ने जनशक्ति जमिन बाँझो राखेर विदेश पठायौं । डलर भित्र्यायौ । जमिनको मूल्य बढायौं । जमिन बेचेर बिलासियतातिर लाग्यौ । सरकार पनि राजश्व वृद्धि मै रमायो । सघीयता जन्मायौ । अब वृद्धि भएको राजश्वले साधारण खर्च धान्न मुस्किल छ । विकास खर्च दिन प्रतिदिन धटदै छ । रेमिट्यान्सको स्रोत दिगो हैन् । हामी ढिलो चाँडो अर्थतन्त्रको नराम्रो दुष्चक्रमा फँस्दै छौं । ३० बर्षमा हामीले न किसान जन्मायौ , न हामीले घरेलु तथा साना उद्यमी जन्मायौ । हामीले केवल गाउँगाउँमा काम नगरी खाने राजनीतिक कार्यकर्ता मात्र जन्मायौं, जसको फलस्वरुप हाम्रो जग निकै कमजोर भयो । अझै पनि राज्यसंयन्त्र र निजी क्षेत्र रेमिट्यान्स सुधार हुन्छ र हाम्रो अर्थतन्त्र सुरक्षित छ भन्नेमा विश्वस्त छ । गहिराईमा गएर सोच्ने कसैलाई फुर्सदै छैन । नयाँ बर्षको सुरुवातसँगै हामीमा नयाँ सोच विकास गरौं । हाम्रो अर्थतन्त्रको जग बलियो बनाउन लागौं ।

Advertisement

Advertisement