शेयर बजार २४ सय अंकबाट पनि तल झर्यो, १ अर्ब ४४ करोडमा खुम्चियो कारोबार

Advertisement

काठमाडौँ । नयाँ वर्ष २०७९ को पहिलो दिनको शेयर बजार घटेको छ । निरन्तर घटिरहेको बजार गतवर्षको अन्तिम दिन चैत ३० गते भने उकालो लागेर बन्द भएको थियो । बैशाख १ गत बिहीबार भने नयाँवर्षको बिदा थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.६० अंकले घटेको हो । १.२३ प्रतिशतले बजार घट्दा परिसूचक २३८५.६४ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २३३ कम्पनीका ३४ लाख ७ हजार २ सय ७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४४ करोड ७ लाख २३ हजार १ सय ८२ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह २००.८७ अंकले घटेको हो । 

आज नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतले नाफा कमाएका छन् । त्यस्तै हिमालयन उर्जाका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नेपाल दूरसञ्चार कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४ करोड २५ लाख ३५ हजार रुपियाँ बराबरको कारोबार भएको हो । 

भदौमा उच्च बिन्दु, साउनमा उच्च कारोबार
गत भदौ महिनाको ३ गते बिहीबार हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । साउन ३१ गते हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार थियो । 

Advertisement

Advertisement