सिटी एक्सप्रेसले बुटवल र भरतपुरमा गर्यो एजेन्ट मीट कार्यक्रम

Advertisement

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले बैशाख २ र ३ गते बुटवल र भरतपुरमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक/एक दिने एजेन्ट् भेटघाट र एएमएल/सीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । 

Advertisement

बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न गरिएको थियो । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement