लालीगुराँस बहुउद्देश्यीय सहकारीको सातौँ सदस्य सुविधा काउन्टर काठमाडौंको नयाँ बजारमा

Advertisement

काठमाडौँ ।  लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ सदस्य सुबिधा काउन्टर काठमाडौंको नयाँ बजारमा सञ्चालन भएको छ । संस्थाले सो सुविधा काउन्टरबाट  आजबाट कारोबार शुरु गरेको हो । 

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले नयाँ बजार स्थित सदस्य सुविधा काउण्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले  शेयर सदस्यलाई सर्वसुलभ सुबिधा उपलब्ध गराउन थप सदस्य सुविधा काउन्टर उद्घाटन गरेको बताए । उनले भने–‘हामी उपत्यकामा अझै केही सदस्य सुविधा काउन्टर सञ्चालन गर्नेछौँ ।’

Advertisement

कार्यक्रममा  संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको  सदस्यलाई थप सेवा दिन नया बजारका सातौ सदस्य सुविधा काउन्टर स्थापना गरेको बताए । उनले नेपालको उत्कृष्ठ सहकारी  संस्थाको पहिचान दिन सफल संस्थाले थप सुविधा विस्तार गर्ने लैजाने बताए । उनले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडि बढाउँदै लैजाने बताए ।

पुल्चोकमा मुख्य कार्यालय रहेको संस्थाले यसअघि ललितपुर चापागाँउ, काठमाडौंको चाबहिल र न्यूरोड, भक्तपुरको  कौशलटार र चितवन जिल्लाको पर्सामा सदस्य सुविधा काउण्टर संचालन गरिसकेको छ ।

सीईओ भण्डारीले संस्थाले आफ्ना शेयर सदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको जानकारी गराए । संस्थाले हालसम्म करिब ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी दिएको छ ।  बिसं २०५६ साल भदौ १८ गते दर्ता भै असोज १५ गतेदेखि कारोबार सञ्चालन गर्दै आएको छ । 

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बहुउद्देश्यीय लगानीमा स्वास्थ्य क्षेत्रतर्फ लालीगुराँस हस्पिटल, शिक्षा क्षेत्रतर्फ लालीगुराँस राष्ट्रिय उच्च मा.वि.÷कलेज र नेशनल एकेडेमी, डेरी परियोजनातर्फ चितवनको खैरहनीमा लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर, ललितपुरको गोदावरीमा लालीगुराँस दुग्ध प्रशोधन उद्योग, उर्जा क्षेत्रतर्फ सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लगायतसंघ संस्थामा लगानी गरेको छ ।

संस्थाले निकट भविष्यमा उपत्यकाभित्र र बाहिर गरी थप ५ स्थानमा थप  सदस्य सुविधा काउण्टर बिस्तार गर्ने तयारी गरेको जनाएको छ ।  

Advertisement

Advertisement