निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको इजलासमा

Advertisement

काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारीले आफूलाई निलम्बन गरिएको निर्णय फिर्ता लिनु पर्ने माग दाबीसहित गत सोमबार सर्वोच्चमा दर्ता भएको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुँदैछ । गभर्नर अधिकारीको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुन लागेको हो । 

सरकारलाई सहयोग नगरेको आरोपसहित चैत २४ गतेको मन्त्रिपरिपाद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । उक्त निर्णय विरुद्ध गभर्नर अधिकारी आइतवार सर्बोच्च गएका थिए भने रिट हिजो सोमबारमात्रै दर्ता भई सुनुवाइका लागि आज पेशी तोकिएको हो ।

Advertisement

आफूलाई बदनियतपूर्ण र पूर्वाग्रह रुपमा जाँचबुझ समिति गठन गरेर निलम्बन गरिएकोमा आफूमाथिको निलम्बन फुकुवा गर्ने आदेश जारी हुनुपर्ने माग दाबी गर्दै गभर्नर अधिकारीले रिट दायर गरेका हुन् । 

सरकारले उक्त प्रकरणको छानविनका लागि गठित समितिको संयोजकमा पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी र सदस्यहरुमा डा. चन्द्रकान्त पौडेल र डा. सूर्यबहादुर थापा छन् ।

यसअघि पनि राष्ट्र बैंकका गभर्नरहरु कल्याणविक्रम अधिकारी, तिलक रावल र विजयनाथ भट्टराईलाई तत्कालीन सरकारले बर्खास्ती र निलम्बन गरेको थियो ।   

Advertisement

Advertisement