बाहिर जस्तै नेपालमा पनि राम्रो पढाई हुन्छ, विदेश जानु जरुरी छैन्ः प्रिन्सिपल, रिभेरा इन्टरनेशनल

Advertisement

प्रज्ज्वल कोइराला काठमाडौंको चावहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीका प्रिज्सिपल हुन् । उनी प्रवेशिका परीक्षा उत्रृर्ण गरेसँगै शिक्षण पेशामा आवद्ध भए । त्यसपछि यो क्षेत्रमा कोइरालाको २८ बर्ष लामो समय र मेहनत लगानी भइसकेको छ । बाबु र दाजु पनि शिक्षासेवी भएकाले उनलाई यस क्षेत्रमा लाग्न प्रेरणा मिल्यो । शिक्षाका लागि कुनै नेपालीका छोराछोरी विदेशिनुपर्ने अवस्था नआओस भन्ने पक्षमा रहेका कोइराला देशको शैक्षिक क्षेत्रको विकास होस, जीवनोपयोगी गुणस्तरीय शिक्षामार्फत देशका लागि आवश्यक दक्ष जनशक्ति र उद्यमीहरु जन्माउन सक्कियोस भन्ने कुरामा चिन्तित छन् । स्नातोकोत्तर अध्ययन पूरा गरी अंग्रेजीमा एमफिल गरिरहेका उनी २०६५ सालदेखि निरन्तर रिभेराको प्रिन्सिपल छन् । उनै कोइरालासँग कर्पोरेट नेपालले गरेको छोटो कुराकानीको सारः 

रिभेरा एकेडेमी सञ्चालनमा आएको कति समय भयो ?
यो स्कुल सुरु भएको त २४ वर्ष पूरा सइकेको छ । म यसमा आवद्ध भएको चाहीं १४ वर्ष पूरा भयो । 

Advertisement

विद्यार्थीहरुलाई के के विषय पढाउँदै आउनु भएको  छ ?
यहाँ तीन तहमा विद्यार्थीलाई हामीले अध्ययन अध्यापन गराउँदै आएका छौं । एउटा हामीसँग किण्डर गार्डेन छ । त्यसमा एलकेजी, यूकेजी पर्छ । अर्को बेसिक लेभल कक्षा एकदेखि आठसम्म छ भने बाँकी माध्यमिक शिक्षाका रुपमा ९ देखि १२ कक्षासम्म हामीले पढाउँछौं । यो पछिल्लो शिक्षा नीतिअनुसार पढाउनुपर्ने विधि पनि हो । 
संकायको हिसाबले भन्नुपर्दा हाम्रोमा विज्ञान, व्यवस्थापन र कानुन विषयको पढाई हुन्छ । २०५०–५१ सालमा त्रिभुवन विश्वविद्यालयले तोकेबमोजिम कानुन विषय मात्रै पढाई हुन्थ्यो । विस्तारै त्यो पढ्न पाउने सुविधा पनि हट्यो । फेरि कलेजहरुले यसलाई विषय नभई संकायको रुपमा स्थापित गरे । त्यसरी कानुन विषय पढाउने कलेजमा हाम्रो कलेज पनि दोस्रो नम्बरमा पर्छ । कानुनको तीन व्याच हामीले उत्पादन गरिसकेका छौं । सर्वोच्च अदालतले नै आर्थिक वर्ष २०७४–७५ बाट कानुन विषय सुरु गर्न प्रस्ताव गरेको थियो । 

शिक्षा दिने नाममा संकाय तोक्नु कतिको जायज हो ? तपाईंको व्यक्तिगत अनुभव के छ ?
उच्च माध्यमिक शिक्षा परिषद्ले विगतमा फ्याकल्टी, संकाय ल्याएको हो । अहिले सरकारले कक्षा १२ सम्मलाई कलेज होइन, स्कूल नै हो भनिसकेको छ ।  स्कूल तहदेखि नै विषय छान्न मिल्ने भइसकेको छ । सोही कारण कलेज र स्कूललाई संकायको आधारमा मात्र नहेरौं । तर, विद्यार्थीले आफूलाई कुन विषयमा रुची बनाउन चाहान्छु भन्छन्, सोही अनुसारको सुविधा उनीहरुलाई कलेजले दिनुपर्छ भन्ने छ । तीन वटा विषय अनिवार्य रुपमा राखिएको छ भने संकाय नतोकिए पनि पढाउने विषयवस्तु समान नै छन् ।

जीपीए र प्रतिशतमा हुने मापनले विद्यार्थीको जीवनमा कस्तो प्रभाव पारेको छ ?
नम्बरमा दिँदा विद्यार्थी फेल हुने ठाउँ धेरै थियो । त्यसैले नम्बरको आधारमा मात्रै  सफल असफल भन्नेभन्दा पनि उसले सिकेको सिकाईको उपलब्धीलाई नै हेरेर विद्यार्थीको स्तर तोकौं भन्ने कुरा पनि आयो । नम्बर दिँदा यति जना सफल यति असफल भन्ने हुन्थ्यो । अहिले नम्बर नै हेरेर विद्यार्थीले आत्महत्या गर्ने चलन हटेको छ । यसले प्राविधिक पढ्न नसक्ने विद्यार्थीले कम नम्बर ल्याउँदा पनि सैद्धान्तिक पढ्न सुविधा पाए । यसरी त विद्यार्थी फेल नै नहुने अवस्था आयो । फेरि विद्यार्थीले मेहनत गर्ने परिपाटी नै कम हुनथाल्यो । पछि पाँच वर्ष चलेको ग्रेडिङ सिस्टम यो वर्षबाट शिक्षाको गुणस्तर नखस्क्योस भनेर शिक्षा मन्त्रालयले मूल्यांकन पद्दती परिवर्तन गरेको छ । मूल्यांकन पद्दती परीक्षणका लागि मात्रै ल्याइयो भने त्यसले विद्यार्थीलाई असर पार्छ । एसएलसीको फेसन हटाएर नाम मात्रै १२ मा पुर्याएको छ । यसमा पद्दती चाहीं परिवर्तन भएको छैन् ।

स्कुलले एउटा बच्चालाई के सिकाउनु पर्छ ?
विद्यालयले विद्यार्थीलाई तीन वटा कुराहरु दिनुपर्छ । एउटा कुरा भनेको ज्ञान हो । अर्को कुरा भनेको विद्यार्थीले व्यवहारमा उतार्नसक्ने सीप पनि सिक्नुपर्छ । जानेको मान्छेले व्यवहारमा पनि लागू गर्नुपर्छ । त्यस्तै, अर्को कुरा भनेको उसले सिकेको कुरा कतिको कार्यान्वयन गर्न सक्छ भन्ने कुरा हो । जानेको कुरा मूल्य मान्यताको आधारमा कुनै पनि विद्यार्थीले काम गर्नुपर्छ । हाम्रो विद्यालयले नेतृत्व विकास गराउने र सोही अनुसारको आचरण लागू गर्न सिकाउने गरेका छौं । डाक्टरले जानेर मात्रै हुँदैन । उसले त अप्रेसन पनि गर्नै पर्छ । विद्यार्थीले सिकेको शिक्षा पनि जीवनउपयोगी हुन जरुरी छ । विद्याथीले आफूले जानुपर्ने गहिराईमा पुग्ने र सही निर्णय गर्नसक्ने बनाउनुपर्छ । विद्यार्थीले इमान्दारिता र सहनशीलता पनि सिक्न जरुरी छ । यस्ता कुरा पनि जरुरी छ भनेर हामीले जोड दिइरहेका छौं ।

रिभेरा इन्टरनेशनले विद्यार्थीहरुको क्षमता विकास लागि अरु के गरिरहेको छ ?
हामीले ‘नेतृत्व राष्ट्रको लागि’ भन्ने नारासहित विद्यार्थीलाई देशमै केही गर्न सचेत गराइरहेका छौ । स्कूल छाड्ने बित्तिकै विद्यार्थी बाहिर नजाओस्, यही देशको सेवा गरोस भनेर हामीले यस्तो नारा ल्याएका हौं । हामीले नेतृत्व गर्ने भनेको प्रधानमन्त्री हुनुपर्छ भनेका होइनौ । यसको मतलब हामी जहाँ छौं, त्यही समक्ष बन्नुपर्छ भन्ने हो । अहिले विद्यार्थीमा राम्रोसँग पढ्ने इच्छा जाग्यो भने उसले धेरै कुरा सिक्नसक्छ । जसले सिक्छ उसले सिकाउन पनि सक्छ । हामीले यसमा भाषाले पनि मद्दत गर्ने पाएका छौं । 

अहिले हामीले भाषा विकास गर्नका लागि पढ्ने, सुन्ने, लेख्ने, बोल्ने बानीको विकास हुनुपर्छ ?
पढ्ने बानी विकास गर्न हामीले अतिरिक्त कक्षा सञ्चालन गरेका छौं । हामीले भौतिक किताब नै पढ्नुपर्छ भन्ने शिक्षा विद्यार्थीलाई दिएका छौं । विश्वमा भएका घट्नाहरु हामीले कितावबाट पढाउन विद्यार्थीलाई सिकाएका छौं । हामीले एक जनाले वर्षमा ३० वटा किताब पढ्नुपर्छ भन्ने अभियान चलाएका छौं । हामीसँग ई–लाइब्रेरी पनि छ । एउटा किताव विद्यार्थीले किन्यो भने हामीले त्यही किताव २४ जनासँग साटेर पढ्न लगाउँछौं । त्यसरी विद्यार्थीलाई २४ वटा किताव पढ्न पाउने तरिका सिकाएका छौं । यसले पढ्ने बानीको विकास गरेको हामीले पाएका छौं । नेपाली भाषाको पढाई लेखाई मात्रै भन्दा पनि आफ्नै पाठ्यक्रम अनुसार सिर्जनात्मक लेखनको शिक्षा दिएरहेका छौं । सर्वप्रथम विद्यार्थीले एक वाक्य लेख्न सक्छन् । त्यसपछि एउटा कथा र सिँगै किताव लेख्ने शिक्षा हामीले सिकाएका छौं । उचित र सही बोली र व्यवस्थापनका शिक्षा हामीले सिकाइरहेका छौं । हामीले १२ वर्षअघि राष्ट्रको नेतृत्व र २१ औं शताब्दीको लागि आवश्यक सीपको बारेमा नारा ल्याएका थियौं । अहिले यही कुरा सरकारले पनि अघि सारेको छ । जीवन उपयोगी शिक्षा हामीले पढाईरहेका छौं । त्यसरी पढाउनु भनेको नैतिक शिक्षाको एउटा रुप हो ।

रिबेरा एकेडेमीमा शिक्षक कर्मचारी संख्या कति छ ?
शिक्षक तथा सबै कर्मचारी साथीहरु गरेर हामी ९० जना छौं । 

नयाँ भर्नाको तयारी कहाँ पुग्यो ?
नयाँ भर्ना वैशाख २ गतेबाट खुलेको हो । ९ र १७ गते हाम्रो लेबल टेस्ट । जेठ ४ गतेबाट हाम्रो नयाँ कक्षा संचालन हुन्छ । 

छात्रवृत्तिको सुविधा के कस्तो छ ?
हामीले सरकारले तोकेअनुसारको १० प्रतिशत छात्रवृत्ति दिँदै आएका छौं । हाम्रोमा स्कुल बसबाट कपन, गोकर्ण, गोठ्ठाटार, सिनामंगल, बसुन्धारासम्मका विद्यार्थीहरु आइरहका छन् ।

कोरोना महामारीले कस्तो असर पार्यो तपाईंहरुलाई ?
कोरोना महामारी सुरु भएको केही लिनमै २०७७ वैशाख ११ गते नै अनलाईन कक्षा सुरुवात गरेका थियौं । सोही हिसाबमा पनि हामी कोरोना महामारीको समयमा कक्षा संचालन गर्ने नेपालको पहिलो स्कूल पनि हौं । हामीले समयमा नै कोर्ष पनि सक्न सफल भयौं ।

शिक्षा पनि सस्तो र महङ्गो किन हुन्छ सर ? 
हाम्रो पनि त वर्ग छुट्याइएको छ नि । विद्यालयको पूर्वाधारको हिसाबमा विद्यालयको वर्ग छुट्टिन्छ । क, ख, ग र घ वर्गका स्कूल हामी कहाँ छन् । हामीले वर्गका हिसाबमा भन्दा पनि शिक्षामा विद्यार्थीलाई कसरी अब्बल बनाउनुपर्छ ? भन्ने कुरामा ध्यान दिइरहेका छौं । अहिले बेरोजगारीको ठूलो समस्या छ । यही देशमा नै आफ्नो रोजगारीको व्यवस्था गर्न सकेको अवस्थामा अहिले बाहिर गएर पढ्नु पर्दैन् । बाहिर गएर पढ्ने पढाई अहिले नेपालमा नै पढ्न पाउने सुविधा बढिरहेको छ । यसले पनि पढाईका लागि बाहिर जानैपर्ने बाध्यताको अन्त्य गनुपर्छ भन्ने पक्षमा हामी छौं । 

Advertisement

Advertisement