ग्लोबल आईएमईको खुद नाफा ४.१३ ले बढे पनि प्रतिशेयर आम्दानी भने घट्यो

Advertisement

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म ग्लोबल आईएमई बैंकको खुद नाफा ४.१३ प्रतिशतले बढेको छ । बैंकले बुधार सार्वजनिक गरेको उक्त अवधिको अपरिस्कृत वित्तीय विवरणले खुद नाफा बढेको देखिएको हो । 

उक्त अवधिमा बैंकले तीन अर्ब ७३ करोड रुपियाँ खुद नाफा गरेको छ जुन बाणिज्य बैंकहरुमा सबैभन्दा धेरै रहेको अनुमान छ । अघिल्लो बर्ष सोही अवधिमा ग्लोबल आईएमईले तीन अर्ब ५७ करोड ८२ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । 

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेर सात अर्ब ४३ करोड ९७ लाख पुगेको छ भने खुद सञ्चालन मुनाफा बढेर पाँच अर्ब १७ करोड ५६ लाख रुपियाँ कायम भएको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ९१ करोड ९१ लाख रुपियाँ पुगेको छ ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने १.१७ रूपियाँले घटेर २०.८८ रुपियाँ कायम भएको छ । यस्तै प्रतिशेयर नेटवर्थ १४९.४५ रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा ग्लोबल आईएमईको कर्जा प्रवाह १३.८ प्रतिशतले, निक्षेप संकलन भने सामान्य वृद्धि भएको छ । 

Advertisement

Advertisement