आजबाट सुरु भएको क्यान इन्फोटेकको ‘डाइमन्ड स्पोन्सर’ डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले बुधबारबाट राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सर (प्रायोजन) डिशहोम फाइबरनेटले गरेका छ ।

डिशहोम फाइवरनेटले मेलामा राखेको आफ्नो स्टल नं. डी ३१ मार्फत आफ्नो इन्टरनेट सेवाबारे जानकारी दिनुका साथै भिजिटरलाई डिशहोम गो को एक हप्ताका लागि प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्नेछ ।

Advertisement

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिबारे जानकारी दिने र यसको विकासमा सहयोग गर्ने उद्देश्यले हरेक बर्ष क्यान इन्फोटेक आयोजना हुने गरेको छ । अहिलेको प्रदर्शनी क्यान इन्फोटेकको २७औं संस्करण हो । यस पटकको मेलामा सुचना तथा सञ्चार प्रविधिसम्वन्धी सामग्री, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहेका छन् । 

साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको यस पटकको मेलाको डायमण्ड स्पोन्सरको रुपमा डिशहोम फाइबरनेटले आफ्नो बलियो उपस्थिति देखाएको हो । 

Advertisement

Advertisement